+
Search

ताजा अपडेट +

पपुलर +

नरसिंहा अवतारको अच्छा लेकिन लन्डनको चिसोले सताउला गीत सार्वजनिक

नरसिंहा अवतारको अच्छा लेकिन लन्डनको चिसोले सताउला गीत सार्वजनिक
बिशाल खबर
४ महिना अगाडी

ख्यातिप्राप्त अभिनेता राजेश हमालले आठ वर्षको अन्तरालपछि अभिनय गरेको फिल्म नरसिंहा अवतारका लागि रिक्रियट गरिएको सुपरहिट गीत अच्छा लेकिन लन्डनको चिसोले सताउला सार्वजनिक गरिएको छ। फिल्म दैव संजोगमा रहेको गीत रिक्रियट गरी राजधानीमा आयोजित कार्यक्रमका बीच सार्वजनिक गरिएको हो। शम्भुजित बाँस्कोटा र देविका वन्दनाले गाएको गीतको रिक्रियट भर्सनमा शम्भुजित र गायिका रचना रिमालको स्वर रहेको छ।

गीतमा शम्भुजितकै शब्द र संगीत रहेको छ। कविराज गहतराजले आकर्षक कोरियोग्राफी गरेको गीतको भिडियो राजुविक्रम थापाले खिचेका छन् भने सम्पादन साहिल खानको रहेको छ।

Everest Courier Hub Pvt.Ltd

जेठको ९ गते रिलिजमा आउने फिल्मको गीतको भिडियोमा मुख्य कलाकारहरू राजेश हमाल, राज कटुवाल, नीति शाह, सनिषा भट्टराई, सरोज खनाल, दीपा शाही, उषा खड्गी, बाल–कलाकार एभेलिना खड्का र समाइरा थापाको नृत्य छ। नीर शाह, अर्जुन श्रेष्ठ, रमेश चन्द सोडारी, आशा पौडेल, प्रशान्त ताम्राकार, राजिवजंग बस्नेत, प्रकाशजंग कुँवर, प्रभु श्रेष्ठ, अमित गिरी, माइकल घिमिरे, सरोज शाह, किशोर भट्ट, टार्जनलगायतका कलाकारले समेत अभिनय गरेको फिल्ममा चन्द्र पन्तको कथा, राजु तामाङको एक्सन निर्देशन, कविराज गहतराज र माइकल चन्दको कोरियोग्राफी, राजु विक्रम थापाको डीओपी, समीर मियाको भीएफएक्स तथा साहिल खान र मिलन श्रेष्ठको सम्पादन रहेको छ।

दिवाकर भट्टराईको लेखन र निर्देशन रहेको फिल्म नेम महर्जन, दीपक शर्मा ढकाल, नरेन्द्र महर्जन र ध्रुव न्यौपानेले निर्माण गरेका हुन्।

प्रतिक्रिया

लेखकको बारेमा

बिशाल खबर