+
Search

ताजा अपडेट +

पपुलर +

चलचित्र ‘जन्तीबाख्रो’ सार्वजनिक

चलचित्र ‘जन्तीबाख्रो’ सार्वजनिक
बिशाल खबर
३ महिना अगाडी

काठमाडौं । चलचित्र ‘जन्तीबाख्रो’ युट्युबमा आएको छ । उत्तम केसीको कथा, सुवास गौतमको निर्देशन रहेको ‘जन्तीबाख्रो’ युट्युबमा आएको हो । दुर्गा केसी र दुर्गा भण्डारी निर्माता रहेको ‘जन्तीबाख्रो’मा अर्जुन गुरुङ, विनिता भण्डारी, लक्ष्मणविक्रम बस्नेत, मुकुन्द मैनाली, आयुस दाहाल, मिना जिसी, ज्योत्सना मगर, भुवन हुमागाईं, मनोज केसी, मनिषा रिजाल, नवराज तिवारी, भूमिका दाहाल, सानुप्रसाद घिमिरेलगायतका कलाकारको अभिनय रहेको छ ।

ब्राण्ड यु पिक्सचर्स प्रालिका लागि उत्तम केसीको प्रस्तुति रहेको यस चलचित्रको गीतमा शुभबहादुर सुनामको संगीत, प्रमोद ढुंगानाको शब्द रचना र पुस्कर सुनुवारको स्वर एवं एरेञ्ज रहेको छ । साजन घलेको छायांकन तथा सम्पादन रहेको यो चलचित्र चुइँचुइँ पारेर अनलाइन टिभीमा आएको छ । बिहेमा खुवाइने भोज जन्तीबाख्रो र बिहेको परम्परा पासा खेल्ने, माहुर खुवाउने, शिलक भन्ने, खैजडी भजन सहितकोलाई मनोरञ्जनात्मक रूपमा प्रस्तुत गरिएको छ यसमा।

Everest Courier Hub Pvt.Ltd

प्रतिक्रिया

लेखकको बारेमा

बिशाल खबर