+
Search

ताजा अपडेट +

पपुलर +

द्वन्द्वकालमा घाइते परिवारको कथामा आधारित चलचित्र ‘सिटामोल’साउन २३ गतेदेखि देशव्यापी प्रदर्शनमा आउँदै

द्वन्द्वकालमा घाइते परिवारको कथामा आधारित चलचित्र ‘सिटामोल’साउन २३ गतेदेखि देशव्यापी प्रदर्शनमा आउँदै
बिशाल खबर
२ महिना अगाडी

काठमाडौँ । नेपालको सामाजिक यथार्थ र जनजीवनको गहिरो कथावस्तुलाई लिएर निर्माण गरिएको बहुप्रतीक्षित फिल्म ‘सिटामोल’ आगामी साउन २३ गतेदेखि देशव्यापी प्रदर्शनमा आउँदैछ । प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण टोली अहिले प्रचार–प्रसारमा कुनै कसर बाँकी नराख्ने पक्षमा देखिन्छ । हालै मात्र ‘कमेडी नाइट विथ च्याम्पियन’मा उपस्थित भएर दर्शकसँग प्रत्यक्ष संवाद गरेका कलाकारहरू विभिन्न मिडिया हाउस र कार्यक्रमहरूमा सक्रिय हुँदै फिल्मको हाइप थप उचो बनाउने प्रयासमा छन् ।

फिल्म प्रदर्शन अगाडि नै सार्वजनिक ‘झुम्का कानैमा’ गीत र टिजरले युट्युबमा १० लाखभन्दा बढी भ्युज पाउँदै दर्शकमाझ चासो र चर्चा बटुल्न सफल भएका छन् । दर्शक प्रतिक्रियाले सौगात मल्ल र बेनिशा हमालको जोडीलाई पर्दामा पुनः देख्ने उत्सुकता झल्काएको छ । विशेषगरी टिजरले सौगात-बेनिशाको केमेस्ट्रीलाई लिएर सकारात्मक प्रतिक्रिया पाएको छ, जसले ‘झ्यानाकुटी’पछि दर्शकले यो जोडी फेरि पर्दामा हेर्ने चाहना बढाएको देखिन्छ ।

Everest Courier Hub Pvt.Ltd

निर्देशक राजबहादुर साने र निर्माता भुगोल कार्की तथा विकासराज जोशी पनि टिजर र गीतबाट पाएको उत्साहजनक प्रतिक्रिया पछि अझ उत्कृष्ट गीत र ट्रेलर ल्याउने तयारीमा जुटेका छन् । उनीहरूको विश्वास छ, ‘सिटामोल’ले दर्शकको भावनालाई छुने गहिरो फिल्मी अनुभव दिनेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

बिशाल खबर