+
Search

ताजा अपडेट +

पपुलर +

गायिका खुसी थुलुङ्गको तीज गीत ‘रातो सारी रातो चुरा’ सार्वजनिक

गायिका खुसी थुलुङ्गको तीज गीत ‘रातो सारी रातो चुरा’ सार्वजनिक
बिशाल खबर
३ हप्ता अगाडी

काठमाडौं। हिन्दु नारीहरुको महानपर्व हरितालिका तीज आउन अब हप्ता दिन मात्रै बाँकी भएपनि तीजका नयाँ नयाँ गीतहरु सार्वजनिक गर्ने क्रम अझै जारी छ । यस्तैमा लोकप्रिय गायिका खुसी थुलुङ्गले आफ्नो मौलिक तीजगीत ‘रातो सारी रातो चुरा’ सार्वजनिक गरेकी छिन ।

मंगलबार साँझ सार्वजनिक गीत ‘रातो सारी रातो चुरा’ गीतमा सुरेन्द्र रानाको शब्दरचना र बिरेन शाक्यको संगीत रहेको छ गीतलाई फणिन्द्र राइले एरेन्ज गरेका हुन् ।गायिका खुसी थुलुङ्गको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा तीज मनाउदा मितव्ययी भएर मनाउन ,फजुल खर्च न गर्न र रमाइलोको लागि मनाइने पर्व भएकाले नाच्दै गाउदै मनाउनको लागि लागि गीत मार्फत आग्रह गरिएको छ ।यसअघि ‘खुसीका रङ्गहरू’ गीतिसङ्ग्रहको साथसाथै दर्जनौ गीतहरु सार्वजनिक भैसकेका खुसीको गीतमा सामाजिक संदेशलाइ प्रस्तुत गरिएको पाइन्छ ।

Everest Courier Hub Pvt.Ltd

प्रतिक्रिया

लेखकको बारेमा

बिशाल खबर