+
Search

ताजा अपडेट +

पपुलर +

अन्जली,बिना र जुना अभिनित तीज गीत ‘कतिमा राम्री ’ सार्वजनिक ( भिडियो)

अन्जली,बिना र जुना अभिनित तीज गीत ‘कतिमा राम्री ’ सार्वजनिक ( भिडियो)
बिशाल खबर
१ महिना अगाडी

काठमाडौं। हिन्दु नारीहरुको महानपर्व हरितालिका तीज आउन केही हप्ता बाँकी भएसंगै तीजका गीतहरुको म्युजिक भिडियोहरु सार्वजनिक गर्ने क्रम निकै बढेको छ । यस्तैमा लोकप्रिय नायिकाहरु अन्जली अधिकारी,बिना राउत र जुना कार्की अभिनित मौलिक तीज गीत‘कतिमा राम्री ’को भिडियो सार्वजनिक भएको छ।

गीतकार कृष्णहरि बरालको शब्द रचना ,हरि लम्सालको संगीत र गायिका माधवी अर्यालको स्वरमा रहेको गीतमा माइतीमा तीज मनाउदा हुने रमाइलो पक्षलाई चित्रित गरिएको छ।पछिल्लो समय आएका बिकृत र अश्लील खाले तीजको गीत बाट दिक्क भएका श्रोता, दर्शकका लागि यो गीत एउटा मौलीक र सन्देश मुलक हुने निर्माण पक्षको दाबी छ।

Everest Courier Hub Pvt.Ltd

कुशल सिंहद्वारा एरेन्ज गरिएको गीतको भिडियोलाई गायिका माधवी अर्यालको अफिसियल च्यानलबाट सार्वजनिक गरिएको हो केशव भट्ट निर्देशित भिडियोमा अजय रेग्मीको छायांकन र बिष्णु खड्काको सम्पादन रहेको छ। गायिका अर्यालको गत बर्ष पनि तीज गीत‘माइतै रमाइलो’
सार्वजनिक भएको थियो जसलाई दर्शकले अत्याधिक मन पराएका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

बिशाल खबर