यहि दशैको फुलपाती अर्थात असोज १३ गतेबाट प्रदर्शनमा आउन लागेको प्रतिक्षित चलचित्र “हरि बहादुरको जुत्ता”को दोस्रो गीत ढाका टोपी शिरैमा बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा पुर्वी पहाडी जिल्लामा बसोबास गर्ने याख्खा छुम्मा जातीको डोकेनी नाचलाई प्रस्तुत गरिएको छ । आज सार्वजनिक गीतमा ढाका टोपी शिरैमा गीतको भिडियोमा पुर्वी पहाडी जिल्लाामा लाग्ने मेला जस्तो बाट सुरुभएको छ ।प्रवेशद्धारमानै डोकिनीले स्वागत गरेपछि सुरुहुने गीतमा मुख्य कलाकारहरु हरिवंश आचार्य, प्रकाश सपुत र स्वस्तिमा खडका फिचर्ड भएका छन ।
गीतको कोरियोग्राफरद्धय किरण थापा र रविता मगरले एउटै गीतमा नेपालमा नाचिने विभिन्न विधाका नृत्यहरुलाई समेट्ने कोशीस गरेका छन । अशिष अविरल र मेलिना राईको आवाज रहेको गीतलाई धनबहादुर कार्कीले लेखेका छन भने संगीत दिपक शर्माको रहेको छ ।टेलिभिजनमा आउने हास्य टेलिश्रृङखलामा आउने चर्चित पात्र हरि बहादुर पात्रलाई ठुलो पर्दामा उतारेर निर्माण गरिएको चलचित्र हरि बहादुरको जुत्ताको टिजर र पहिलो गीत सार्वजनिक भईसकेको छ । दिपेन्द्र के। खनालको निर्देशनमा तयार भएको सिनेमा एसएम मोसन पिक्चर्सको ब्यानरमा निर्माण गरिएको हो । निर्माणमा सरोज ओली र मोहितबंश आचार्य रहेका छन् ।
सिनेमाको छायांकन कृष्ण बहादुर थापाले गरेका हुन् भने सम्पादन नकुल खड्काले गरेका छन् ।चलचित्रमा हरिवंशसँगै स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियंका कार्की, हरिहर शर्मा, किरण केसी, राजाराम पौडेल, दिव्य देव, दिनेश काफ्ले र कमलमणि नेपाल कलाकारको अभिनय रहेको छ । चलचित्र यहि दशैको फुलपातीबाट प्रदर्शनमा आउने भएको छ । गायक तथा संगीतकार सरोज वलीको डेव्यु निर्माण रहेको चलचित्र “हरिबहादुर को जुत्ता” एक प्रतिक्षित चलचित्र बनेको छ । चलचित्र भित्र जुत्ताको सस्पेन्स लुकेको छ, यो हेर्न असोज १३ गते हल हलमा जानुको विकल्प छैन ।
प्रतिक्रिया