+
Search

ताजा अपडेट +

पपुलर +

एक्टिङ रियालिटी शो ‘एक्टिङ स्टार’ को प्रि-जज अडिसन सम्पन्न

एक्टिङ रियालिटी शो ‘एक्टिङ स्टार’ को प्रि-जज अडिसन सम्पन्न
बिशाल खबर
६ महिना अगाडी

काठमाडौँ। एक्टिङ रियालिटी शो ‘एक्टिङ स्टार’ को प्रि-जज अडिसन सम्पन्न भएको छ । ‘एक्टिङ स्टार’ मा भाग लिन एक हजारभन्दा बढीले डिजिटल अडिसन मार्फत भिडियो पठाएका थिए । तिमध्येबाट २२२ जनालाई प्रि-जज अडिसनको लागि छानिएको थियो । सोमबार अडिसन सञ्चालन गरि सम्पूर्ण सहभागिहरुलाई आफूले तयार गरेको अभिनय कला प्रस्तुत गर्ने मौका प्रदान गरेको आयोजक महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

अडिसनमा नेपालको हिमाल, पहाड, तराईका विभिन्न स्थानदेखि भारतको सिक्किम, दार्जिलिङ, वेष्ट बंगाल, मुम्बई र दुबईका पनि सहभागी भएका थिए । गायन र नृत्यको मात्र रियालिटी शोहरु सञ्चालन भईरहेको अवस्थामा ‘एक्टिङ स्टार’ आउने खबरले सानादेखि ठूला उमेरका सबैलाई उत्साही बनाएको अडिसनमा सहभागी हुने प्रतिष्पर्धीहरुको भनाई छ । सहभागी हुनेमा कला र अभिनयमा रुची राख्नेदेखि लामो समयदेखि कलाकारितामा समय बिताइसकेका कलाकारहरु पनि रहेकाछन् । अर्को चरणमा प्रवेश पाउने प्रतिष्पर्धीहरुको नाम केहि दिनमा सार्वजनिक गरिने र फिजिकल अडिसनको घोषणा गरिने आयोजकले जानकारी दिएका छन् ।

Everest Courier Hub Pvt.Ltd

अभिनयका बादशाह भनेर चिनिने नीर शाह,थुप्रै सफल कलाकारका गुरु अनुप बराल र चर्चित अभिनेत्री ऋचा शर्माले ‘एक्टिङ स्टार’ को छनोट गर्नेछन्। अभिनय कला प्रस्फुटन गर्ने उद्देश्यले शो ल्याउन लागिएको उक्त शोको निर्देशन बिशाल भण्डारीले गर्नेछन्। रियालिटी शो ‘एक्टिङ स्टार’ एपिवान टिभी मार्फत प्रशारण हुनेछ ।

‘एक्टिङ स्टार’ को डिजिटल अधिकार ओएस आर डिजिटलले खरिद गरेको छ। ‘एक्टिङ स्टार’ को विजेताले नगद पुरस्कार राशी सहित फिचर फिल्ममा काम गर्ने अवसर पाउनेछन्।

प्रतिक्रिया

लेखकको बारेमा

बिशाल खबर