+
Search

ताजा अपडेट +

पपुलर +

‘द्रौपदी’ को कर्णाली कटौलामा टिकटक बनाउनेलाई नगद पुरस्कार

‘द्रौपदी’ को कर्णाली कटौलामा टिकटक बनाउनेलाई नगद पुरस्कार
बिशाल खबर
६ महिना अगाडी

काठमाडौं,।ऋषिराज आचार्य लिखित,निर्मित अनि निर्देशीत फिल्म ‘द्रौपदी’ ले टिकटक भिडियो निर्माण प्रतियोगीता घोषणा गरेको छ । हालै सार्वजनीक फिल्मको रबि ओड र इन्द्रकला राईको स्वरमा रहेको ‘कर्णाली काटौला..’ गीत अहिले चर्चामा छ । सोही गीतमा टिकटक बनाउने टिकटक प्रयोगकर्ता मध्ये उत्कृष्ण पाँच लाई आरबि मुभीजले निर्माण गर्ने नयाँ फिल्ममा अभिनय गर्ने मौका दिइनुको साथै उत्कृष्ट पाँच मध्ये प्रथम हुनेलाई रु १५०००,दोश्रो स्थान हासिल गर्नेलाई रु १०,००० र तेस्रो हुनेलाई रु ५००० नगद पुरस्कार समेत प्रदान गरिने छ । यीबाहेक १०० जना टिकटकरलाई ‘द्रौपदी’ को प्रीमियरमा सहभागी गराइने निर्माण पक्षले जानकारी दिएको छ ।\

टिकटक बनाएर #द्रौपदी#चैत ८ लेखि पोस्ट गर्नुपर्ने छ । यसको नतिजा फागुन २० गते द्रौपदी फिल्मको पेज
द्रौपदी नेपाली चलचित्र तथा मिडियामा प्रकाशीत गरिने छ । टिकटक सबै उमेरका दर्शकले बनाउन सक्ने बताइएको छ । ऋषिराज आचार्य,आश्विनी शाही,रबि ओड,सुजाता तिमिल्सिना,प्रकाश ज्ञवाली,कविराम भामलगायतका कलाकार मुख्य भूमिकामा रहेको फिल्म पश्चिम नेपालको डोल्पा जिल्लाको से फोक्सोन्डोलगागतका बिकट स्थानहरुमा छायांकन गरिएको हो । निर्माण थालनीदेखिनै चर्चामा रहेको फिल्मको हालै सार्वजनीक टिजर र गीतले दर्शकको मन जितिरहेको छ ।

Everest Courier Hub Pvt.Ltd

प्रतिक्रिया

लेखकको बारेमा

बिशाल खबर