+
Search

ताजा अपडेट +

पपुलर +

मातृत्व जोगाउने अभियानको शुभारम्भ

मातृत्व जोगाउने अभियानको शुभारम्भ
बिशाल खबर
२ महिना अगाडी

बागलुङ | मातृत्व जोगाउने अभियान अन्तर्गत भुपेन्द्रा बुढा स्मृति क्यापेँन (सी-क्याप) को औपचारिक शुभारम्भ गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री माननीय कृष्ण प्रसाद पाठकको प्रमुख आतिथ्यतामा बडीगाड गाउँपालिका–८ स्थित ग्वालीचौर स्वास्थ्य चौकीमा सम्पन्न भएको छ।

बडीगाड गाउँपालिकाका अध्यक्ष गण्डकी थापाको अध्यक्षतामा आयोजित समारोहमा बोल्दै स्वास्थ्य मन्त्री पाठकले मातृत्व जोगाउने अभियानलाई बधाई तथा शुभकामना व्यक्त गर्नुहुँदै, यस्ता कार्यक्रममार्फत महिलाहरूलाई पाठेघरको मुखमा हुने क्यान्सरबाट बचाउन सकिने विश्वास व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, “समयमै जाँच, सचेतना र उपचारले क्यान्सरजस्तो जटिल रोगबाट महिलाहरूको जीवन रक्षा गर्न सकिन्छ। यस्ता अभियान प्रभावकारी रूपमा अगाडि बढ्न जरुरी छ।”

Everest Courier Hub Pvt.Ltd

स्व. भुपेन्द्रा बुढाको स्मृतिमा सञ्चालन गरिएको यो अभियानले नेपाली महिलाहरूलाई पाठेघरको मुखमा हुने क्यान्सरबाट बचाउने उद्देश्य राखेको छ। पुथा उत्तरगङ्गा गाउँपालिका, रुकुम पूर्व; बडीगाड गाउँपालिका, बागलुङ; अन्नपूर्ण गाउँपालिका, म्याग्दी; पचालझरना गाउँपालिका, कालिकोट; पटेर्वा सुगौली गाउँपालिका, पर्सा; सिगास गाउँपालिका, बैतडी; र गौमुल गाउँपालिका, बाजुरा — गरी ७ स्थानीय तहका करिब १०,००० किशोरी र महिलालाई प्रत्यक्ष रूपमा लाभ पुग्ने लक्ष्य लिइएको छ।

Everest Courier Hub Pvt.Ltd

अभियान कल्प इम्पावर वुमेन नेपाल को पहलमा सञ्चालन गरिएको हो। संस्थाकी अध्यक्ष पुजा कोइरालाका अनुसार किशोरी समूह गठन, क्षमता अभिवृद्धि अभिमुखीकरण, स्वास्थ्य गाउँ साक्षरता अभियान र पाठेघरको मुख क्यान्सरसम्बन्धी निशुल्क स्वास्थ्य शिविर कार्यक्रम आयोजना गरिएको छ। दुई दिने शिविरको पहिलो दिनमै २४५ जना महिलाले प्रत्यक्ष लाभ लिएको जानकारी उनले दिइन्।

कार्यक्रमको सञ्चालन मिस नेपाल २००५ सुगारिका के.सी.ले गर्नुभएको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

बिशाल खबर