+
Search

ताजा अपडेट +

पपुलर +

कर्णाली एजुकेसन एक्स्पो सुरु,पाठ्यक्रममाथि उठे गम्भीर प्रश्न

कर्णाली एजुकेसन एक्स्पो सुरु,पाठ्यक्रममाथि उठे गम्भीर प्रश्न
बिशाल खबर
२ महिना अगाडी

काठमाडौं । सुर्खेतको बिरेन्द्रनगरमा कर्णाली एजुकेसन एक्स्पो सिजन वान सुरु भएको छ । कर्णालीमा शैक्षिक गुणस्तर विकास गर्न र सीमान्तकृत तथा अपाङ्गता भएका बालबालिकाको शिक्षामा पहुँच बढाउने उद्देश्यका साथ यो एक्स्पो आयोजना गरिएको हो ।

कर्णाली प्रदेसका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले एक्स्पोको उद्घाटन गर्दै कर्णालीमा अझै पनि शिक्षाको गुणस्तर सन्तोषजनक नभएको बताए । एक्स्पोका लागि शुभकामना दिँदै मन्त्री भण्डारीले शिक्षामा बहसभन्दा फिल्डमै गएर काम गर्नु जरुरी रहेकोमा जोड दिए ।

Everest Courier Hub Pvt.Ltd

एक्स्पोको उदघाटनका क्रममा मध्यपश्चिम विश्वविद्यालयका पूर्व उपकूलपति प्रा.डा. नन्दबहादुर सिंहले कर्णालीमा शिक्षाका विषयमा बहस थालनी गर्न कर्णाली एजुकेसन एक्स्पो आयोजना गरिएकोमा खुसी व्यक्त गरे । डा. सिंहले आजको संसार शिक्षा र ज्ञानको संसार भएको र शिक्षा र ज्ञान विना जिन्दगी चलाउन गाह्रो हुने उल्लेख गर्दै आजका युवाहरुले सोच्न सुरु गरेनन भने समाज परिवर्तन हुन अझै समय लाग्ने बताए । उनले भने, “सपना ठूलो बनाउन सिक्नुपर्छ, जसले सपना देख्दैन उसले गन्तव्य पहिल्याउन सक्दैन ।”

Everest Courier Hub Pvt.Ltd

कार्यक्रममा उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) का केन्द्रीय कोषाध्यक्ष नरेन्द्र भण्डारीले एक्स्पोको सफलताको शुभकामना दिँदै यस्ता बहसले गुणात्मक शिक्षाको पहुँच विस्तार गर्न सहयोग पुर्याउने विश्वास व्यक्त गरे ।

एक्स्पोको पहिलो दिन अब “कर्णाली जाग्छः शिक्षामा पनर्विचार, भविष्यको पुनर्निर्माण” शिर्षकमा बहस पनि सम्पन्न भएको छ । सो बहसमा विज्ञका रुपमा प्रा. डा नन्दबहादुर सिंह, कृषि शिक्षाका विज्ञ तथा कृषि अनुसन्धानकर्ता धनेश थापा, अभ्यासकर्ताका रुपमा श्री कृष्ण मावि इत्राम सुर्खेतका पूर्व प्रधानाध्यापक गेहेन्द्र दाहाल प्यानलिस्टका रुपमा रहेका थिए । उक्त सेसनको सहजीकरण बरिष्ठ पत्रकार प्रभात चलाउनेले गरेका थिए । अहिलेसम्म अभ्यास गरिएको शिक्षा प्रणालीलाई बदल्न कर्णाली अब जाग्नुपर्ने, कर्णालीवासीको जीवनस्तर उकास्न प्रत्यक्ष सहयोग पुग्ने शिक्षा पाठ्यक्रमा समावेश गर्नुपर्ने र नेपाली भाषा, साहित्यको उदगम थलो प्राकृतिक, सांस्कृतिक रुपमा सम्पन्न कर्णालीको समृद्ध भविष्य पुनर्निर्माण गर्नुपर्नेबारे उक्त शत्रमा छलफल भएको थियो । परम्परागत शैक्षिक अभ्यासमाथि बहस गर्नु सान्दर्भिक छ कि छैन भन्ने प्रश्नबाट सुरु भएको शत्र छलफल केमा गर्ने, चुनौतीहरु के छन्, निर्धारित पाठ्यक्रम कतिको उपलब्धिपूर्ण छ, शिक्षा बदल्न के गर्नुपर्छ, कसरी सम्भव छ र कर्णालीले कस्तो किसिमको शिक्षा प्रणाली र पाठ्यक्रम अभ्यास गर्नुपर्छ भन्ने विषयमा गहन छलफल भएको थियो ।

बैशाख ३ गते सुरु भएको एक्स्पो ३ दिनसम्म चल्ने आयोजकले जानकारी दिएका छन् । कर्णाली विकास केन्द्रको आयोजनामा सुरु भएको एक्स्पोमा विभिन्न क्षेत्रका विज्ञ, अभियन्ता, अभ्यासकर्ताको प्रस्तुति तथा सहभागीता रहेको छ । कर्णाली विकास केन्द्रका अध्यक्ष नविन जैसीले कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय र सान्नी त्रिवेणी गाउँपालिका कालिकोटको सहकार्यमा एक्स्पो आयोजना गरिएको जानकारी दिँदै यसले कर्णालीको नयाँ शैक्षिक गन्तव्य सुरुवात गर्न सहयोगी हुने विश्वास व्यक्त गरेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

बिशाल खबर