+
Search

ताजा अपडेट +

पपुलर +

नाडाले भन्यो, ‘ईभीमा भन्सार घटाउ, अन्तःशुल्क खारेज गर’

नाडाले भन्यो, ‘ईभीमा भन्सार घटाउ, अन्तःशुल्क खारेज गर’
बिशाल खबर
१३ मिनेट अगाडी

नाडा अटोमोबाइल्स एसोसियशन अफ नेपालले विद्युतीय सवारीको भन्सार दर घटाउन र अन्तःशुल्क शून्यमा झार्न सुझाव दिएको छ । आगामी आर्थिक वर्षको बजेटमा सुझाव पठाउँदै नाडाले अधिकतम् ५० किलोवाटसम्मका ईभीमा भन्सार दर घटाएर अन्तःशुल्क शून्यमा झार्न सुझाव दिएको हो ।

Everest Courier Hub Pvt.Ltd

हाल ५० किलोवाट सम्मका ईभीमा १५ प्रतिशत भन्सार शुल्क र ५ प्रतिशत अन्तःशुल्क लाग्दै आएकोमा नाडाले अब ५० किलोवाट सम्मका ईभीमा ५ प्रतिशत भन्सार मात्रै लिन माग गरेको छ । यस्तै, ५० किलोवाटदेखि माथि १०० किलोवाट सम्मका ईभीमा हाल २० प्रतिशत भन्सार र १५ प्रतिशत अन्तःशुल्क लाग्दै आएकोमा अब १० प्रतिशत भन्सार मात्रै लिएर अन्तःशुल्क शून्य गर्न माग गरेको छ ।

‘विद्युतीय सवारी साधनमा लाग्ने भन्सार घटाउनाले ती सवारी साधनहरू अझ किफायती हुनेछन्, प्रयोगमा ल्याउने क्षमता बढ्नेछ, जीवाश्म इन्धनमा निर्भरता घट्नेछ र स्वच्छ वातावरणलाई प्रवद्र्धन गर्नेछ’ नाडाले भनेको छ ।

१ सय किलोवाट भन्दा माथि क्षमताका ईभीका विषयमा भने नाडाले कुनै सुझाव दिएको छैन ।

प्रतिक्रिया

लेखकको बारेमा

बिशाल खबर