+
Search

ताजा अपडेट +

पपुलर +

गायक सुगम पोखरेलको” यति छिटो ” सार्बजनिक

गायक सुगम पोखरेलको” यति छिटो ” सार्बजनिक
बिशाल खबर
१ महिना अगाडी

गायक सुगम पोखरेलले ” यति छिटो ” बोलको गीत सार्बजनिक गरेका छन्। भुषण खरेको शब्द रहेको उक्त गीतको संगीत जेम्स प्रधान ले दिएका हुन्। करिब २ दशक अघि नै रेकर्ड गरिएको यो गीत गीतकार भुषण खरेल को जन्मदिनको अबसर पारेर गीत सार्बजनिक गरिएको हो। गीतकार भुषण खरेलका म रोए पनि तिमी हासिदिनु, कति बस्छौ ओढि लाजको घुम्टो, बिहानी पहिलो किरण संगै लगायत गीत हरु चर्चित छन्।

यति बेला संगीत श्रोताहरुको स्वाद फेरिए पनि यो गीत ले केहि बर्ष अगाडिको संगीत सम्झाउने आशा सुगमले लिएका छन्। गीत को भिडियो मा सुगम संगै सबिना राउतको अभिनय देख्न सकिन्छ। उक्त म्युजिक भिडियो लाई दिनेश थापाले छायांकन, सम्पादन तथा निर्देशन गरेका हुन्।गीतको म्युजिक भिडियो सुगम पोखरेलको यु टुब मार्फत सार्बजनिक गरिएको हो।

Everest Courier Hub Pvt.Ltd

Everest Courier Hub Pvt.Ltd

प्रतिक्रिया

लेखकको बारेमा

बिशाल खबर