+
Search

ताजा अपडेट +

पपुलर +

शान्तीश्री र गौरवको लजाउने हैछौनीमा मिस पवी, दीपा र राजेश

शान्तीश्री  र गौरवको लजाउने हैछौनीमा मिस पवी, दीपा र राजेश
बिशाल खबर
१ महिना अगाडी

काठमाडौँ । गायिका शान्तीश्री परियार र गायक गौरव गिरीको स्वर रहेको लजाउने हैछौनी बोलको गीतको भिडियो रिलिज गरिएको छ । गीत देउडा संकृतिमा आधारित रहेको छ । गायक गिरीकै शब्द, रोहित देउवाको संगीत सृजना, विसम आचार्यको एरेन्ज तथा श्याम श्वेत रसाईलीको मिक्सिगं मास्टरिगं रहेको सार्वजनिक गीतमा सुदुरपश्चिमकी चर्चित मोडल मिस पविको अभिनय देख्न सकिन्छ । भिडियोमा मिस पविका अलावा दीपा शाही र राजेश नाथले पनि अभिनय गरेका छन् । नुवाकोटका विभिन्न रमणीय स्थानमा छायांकन गरिएको लजाउने हैछौ नी एक प्रेमील रोमान्टिक गीत हो । जसमा प्रेम, रोमान्स र वियोगको कथालाई कलात्मक शैलीमा निर्देशक गिरीले भिडियोमा उतारेका छन् ।

भिडियोको आर्कषक पक्ष भने मेरी बास्सैका कलाकार समेत रहेका राजेश नाथ अर्थात बैतडी बाजेको पनि यही भिडियोबाट १० वर्षपछि कमव्याक भएको छ । भिडियोमा मिस पविका अलावा दीपा शाही र राजेश गज्जबले खुलेका छन् । सन्जु चौधरीको कोरियोग्राफी रहेको भिडियोको छायांकन उत्तम हुमागाईले गरेका हुन् भने सम्पादन फाइनल पिक्सल नेपाल तथा कलर श्याम कुँवरले गरेका हुन् । गीतको भिडियो रिदम भिआईडीबाट बजारमा आएको हो । गीतले देउडा संकृति बचाउन र समाजका रोचक पक्ष बाहिर ल्याउनमा मद्धत पुर्याउने विश्वास निर्देशक गिरीले लिएका छन् ।

Everest Courier Hub Pvt.Ltd

Everest Courier Hub Pvt.Ltd

प्रतिक्रिया

लेखकको बारेमा

बिशाल खबर