+
Search

ताजा अपडेट +

पपुलर +

दुर्व्यसनी बिरूद्धमा प्रितिको आवाज, ‘चाहिदैन भो’

दुर्व्यसनी बिरूद्धमा प्रितिको आवाज, ‘चाहिदैन भो’
बिशाल खबर
३ महिना अगाडी

गायिका प्रिति आलेको नयाँ गीत ‘चाहिदैन भो’ सावर्जनिक भएको छ । आफ्नै लय, शब्द तथा निर्देशन रहेको गीत गायिका आलेको युट्युव च्यानलबाट सार्वजनिक भएको हो ।

सन २०२५ को बिश्वकै उत्कृष्ट ४४ औं क्लव घोषणा भएको काठमाण्डौ स्थित एलवोडी क्लवमा छायांकन भएको भिडियोको गीत लागुऔषध दुर्व्यसनी बिरूद्ध रहेको छ। भिडियोमा उनलाइ गायक एवं नायक प्रकाश सपुत, सुशिल नेपाल, एलिना खनाल,दिभिषा शर्मा र सुमन खड्काले सहयोग गरेका छन्।

Everest Courier Hub Pvt.Ltd

‘हाम्रो समाजमा लागुऔषधले धेरैको घर परिवार बिग्रिएको देखेकोछु,’ गायिका आलेले भनिन, ‘युवा पुस्तालाइ लागुऔषध दुर्व्यसनीमा नलाग्न अनुरोध गर्न यो गीतको माध्यम लिएकी हुँ ।’ लागुऔषधले लागुऔषध प्रयोगकर्तालाइ मात्र नभइ परिवार र आफन्तलाइ समेत नोक्सान पुर्याउछ भन्ने सन्देश भिडियोबाट गायिका तथा निर्देशक आलेले दिन खोजेकी छिन । गायिका आलेले पृथक शैलीमा तयार पारेकाे गीतलाइ अहिले युवापुस्ताले सकारात्मक प्रतिक्रिया दिएका छन ।

भिडियो :

प्रतिक्रिया

लेखकको बारेमा

बिशाल खबर