नेपाली फिल्म क्षेत्रको अल टाइम ब्लकबस्टर फिल्म ‘पूर्णबहादुरको सारंगी’ निर्देशन गरेका सरोज पौडेलको नयाँ फिल्म ‘कोशेढुंगा’ले तीजको अवसर पारेर आफ्नो पहिलो गीत सार्वजनिक गरेको छ । आगामी भाद्र १२ गतेदेखि नेपाल सहित विश्वभर सार्वजनीक प्रदर्शनमा आउने यो फिल्मको गीत सोमबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरी सार्वजनिक गरिएको हो ।
‘नत्र भने जिन्दगी व्यर्थ छ’ बोलको उक्त तीज गीतमा समीक्षा अधिकारी, खेम सेञ्चुरी र दिपीका वयम्बु मगरको स्वर सुन्न सकिन्छ । नेत्र अर्यालको शब्द र खेम सेञ्चुरीको हुकलाइन तथा संगीत रहेको गीतको भिडियोमा फिल्मका प्रमुख कलाकारहरू सुरक्षा पन्त, नीति शाह, ऋचा शर्मा, मञ्जिल कुमार, दिनेश काफ्ले, स्नेहा जोशीलगायत देखिएका छन् । गीतको नृत्य निर्देशन स्मृति तिमिल्सिनाले गरेकी हुन् । हेर्नुस् भिडियो ।
नरदेवी फिल्म्स प्रा.लिको प्रस्तुति रहेको ‘कोशेढुंगा’मा आर्यन सिग्देल, प्रवीण खतिवडा, सरोज खनाल, लोकमणि सापकोटा, हिउँवाला गौतम लगायतको प्रमुख भूमिका रहेको छ । सारंगी फिल्म्सको व्यानरमा निर्माण गरिएको यो फिल्मको प्रेविल कँडेल र किशोर अनुराग निर्माता रहेका छन् । फिल्मका कार्यकारी निर्माता दिनेश खड्का हुन् । बाबु श्रेष्ठले छायांकन र नहकुल खड्काले सम्पादन गरेका हुन् ।
निर्माणपक्षले यो गीतमा टिकटक प्रतिष्पर्धा समेत घोषणा गरेको छ । आजैदेखि खुल्ला गरिएको प्रतिष्पर्धामा अगस्ट २० सम्म सहभागीले भागलिन पाउनेछन् । टिमका अनुसार सहभागीले भाग लिदाँ ह्यास्ट्याग नत्र भने जिन्दगी व्यर्थ छ मेन्सन गर्नु पर्ने छ । यसमा बेस्ट पफमेन्सले ३० हजार, मोस्ट क्रियटिभ भिडियोले २० हजार र मोस्ट लाइक भिडियोले १० हजार पाउने छन् ।
प्रतिक्रिया