+
Search

ताजा अपडेट +

पपुलर +

फिजिकलपछि डिजिटल अडिसन गर्दै मिष्टर नेपाल

फिजिकलपछि डिजिटल अडिसन गर्दै मिष्टर नेपाल
बिशाल खबर
१ महिना अगाडी

काठमाडौंँ । ‘मिष्टर नेपाल २०२५’को खोजी सुरु भएको छ । आयोजक नेक्स्ट मोडल्स नेपालले प्रतियोगीताका लागि इटहरी, जनकपुर, हेटौडा, चितवन, भैरहवा, धनगढी, पोखरा, नेपालगञ्ज काठमाडांैलगायत स्थानमा छनौट चरणको अडिसन सम्पन्न गरिसकेकोछ । छनौट चरणमा सहभागी हुन चाहनेलाई अन्तिम अवसर स्वरुप डिजिटल अडिसिन आगामी २ अगष्टमा स्वदेश र अन्तराष्ट्रिय अडिसन ३ अगष्टमा अमेरिकामा राखेको छ । प्रतियोगतिाको अमेरिका निर्देशक सन्दीप पोखरेल रहेका छन् । डिजिटल अडिसनपछि छानिएका प्रतियोगी आयोजकले सार्वजनिक गर्दै अन्तिम चरणको प्रतियोगीताका लागि अगष्ट ४ देखि बिभिन्न प्रशिक्षणमा सहभागी गराउनेछ ।

यसपटक पनि नेक्स्ट मोडल्सले १८ वर्षदेखि ३२ वर्ष ननाघेका युवाहरुले प्रतियोगितामा सहभागी जनाउन सक्ने प्रवधान राखेको छ । विश्वका जुनै कुनामा रहेका ५ फिट ७ इन्च माथि उचाई भएका नेपाली नागरिकले प्रतियोगीतामा सहभागी जनाउन सक्नेछन् ।
देशैभरि छरिएर रहेका युवा प्रतिभालाई समेट्ने उद्देश्यले आयोजना हुँदै आएको प्रतियोगिताको अन्तिम तयारी कक्षामा स्वमिङ, फुटबल, रक क्लाइमिङ, समाजसेवा, सर्ट हाइकिङग, क्याटवाक, व्यक्तित्व विकास, पब्लिक स्पिकिङलगायतका दर्जन बढी विषयको प्रशिक्षण हुनेछ । प्रतियोगितामा नेपालको आन्तरिक पर्यटनको विकासका लागि समेत विभिन्न गतिविधि सञ्चालन हुने आयोजक नेक्स्ट मोडल्स नेपालकी प्रवन्ध निर्देशक यत्ना पाण्डेले जानकारी दिइन् ।

प्रतियोगितामा ‘मिष्टर वल्र्ड नेपाल’, ‘मिष्टर ग्लोबल नेपाल’ र ‘म्यान अफ द वल्र्ड नेपाल’ गरेर तीन विजेता छानिनेछ । विजेताले ‘मिस्टर वल्र्ड २०२५’ वा ‘मिष्टर ग्लोवल २०२५’ मा नेपालको प्रतिनिधित्वको अलवा ५ लाख बराबरको पुरस्कार हात पार्नेछन् । प्रतियोगीताको कोरियोग्राफी तथा मेन्टरसिप प्रशन्त ताम्राकार रहेका छन् । युवाहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागर लगायत नेतृत्वदायी क्षमता विकास गर्ने उदेश्यले यो प्रतियोगिता २००१ देखि नियमित आयोजना हुँदै आएको यो प्रतियोगीता पुरुषहरु सहभागी हुने नेपालकै ठुलो र प्रतिष्ठित प्रतियोगीता हो ।

प्रतियोगिता विगतको भन्दा अझ भव्य बनाउन आफु लागि परेको नेक्स्ट मोडल्स नेपालका सिइयो रवि धमलाले बताए । बिगतका बर्ष भन्दा पनि यो बर्ष प्रतियोगीता अझै भब्य आयोजना हुने धमलाको भनाई छ ।

Everest Courier Hub Pvt.Ltd

प्रतिक्रिया

लेखकको बारेमा

बिशाल खबर