+
Search

ताजा अपडेट +

पपुलर +

पलक मुचाल लाइभ इन नेपाल सेप्टेम्बर १९ मा आयोजना हुने

पलक मुचाल  लाइभ इन नेपाल सेप्टेम्बर १९ मा आयोजना हुने
बिशाल खबर
२ हप्ता अगाडी

बलिउडकी चर्चित गायिका पलक मुचालले पहिलोपटक नेपालमा प्रत्यक्ष प्रस्तुति दिने कार्यक्रम तय भएको छ। आउँदो सेप्टेम्बर १९, २०२५ मा काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने “पलक मुचाल लाइभ इन नेपाल” कन्सर्टमा पलकले आफ्ना लोकप्रिय गीतहरू प्रस्तुत गर्नेछिन्।
कार्यक्रमको प्रस्तुति वर्ल्डवाइ फिल्म्स नेटवर्क प्रा.लि.ले गर्नेछ भने व्यवस्थापन मनु मिडिया प्रा.लि.ले गर्नेछ।

आयोजकका अनुसार, यसपटकको कन्सर्ट नेपाली दर्शकका लागि अविस्मरणीय बनाउने लक्ष्य राखिएको छ। विशेष रूपमा, यस कार्यक्रममा कोरियाली गायिका Celinedee Matahari ले पनि आफ्नो प्रस्तुति दिनेछिन्। उनी कोरियालीसहित १५ भन्दा बढी भाषामा गीत गाउन सक्ने क्षमता भएकी कलाकार हुन् र अन्तर्राष्ट्रिय रूपमा चर्चित छिन्।
आयोजक संस्था अध्यक्ष देव मगर र इभेन्ट म्यानेजर मनिष कार्कीले नोरा फतेहीको कन्सर्टबाट प्राप्त अनुभवलाई यसपटक अझ प्रभावकारी तरिकाले प्रयोग गरिने बताए । साथै, नेपाली कलाकारहरूको पनि उत्कृष्ट प्रस्तुति रहनेछ।

Everest Courier Hub Pvt.Ltd

टिकटको विवरण र अन्य जानकारी चाँडै सार्वजनिक गरिने आयोजक संस्थाले जनाएका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

बिशाल खबर