+
Search

ताजा अपडेट +

पपुलर +

फिल्म ‘माग्ने राजा’ले पोस्टर सार्वजनिक,भदौ ६ गतेदेखि प्रदर्शन हुदैँ

फिल्म ‘माग्ने राजा’ले पोस्टर सार्वजनिक,भदौ ६ गतेदेखि प्रदर्शन हुदैँ
बिशाल खबर
१ हप्ता अगाडी

काठमाडौं । फिल्म ‘माग्ने राजा’ले पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको छ । शुक्रबार प्रज्ञा प्रतिष्ठानको डबलीमा आयोजित समारोहमा फस्टलुक सार्वजनिक गरियो । जसअनुसार यो फिल्म भदौ ६ गतेदेखि प्रदर्शन हुनेछ । कलाकारले पोस्टर अनावरण गरे । डबलीमा राखिएको कुर्सीमा अभिनेता केदारप्रसाद घिमिरेलार्ई ‘माग्ने राजा’कै अवतारमा कुर्सीमा बसालिएको थियो ।

Everest Courier Hub Pvt.Ltd

उनले पहिरिएको पहिरनको रङ र पोस्टरको पहेँले रङले दर्शकलाई ‘माग्ने राजा’को मुडसँग चिनायो । कलाकार वर्षा सिवाकोटी, विल्सनविक्रम राईले पनि पोस्टर अनावरणमा सहभागिता जनाए ।

Everest Courier Hub Pvt.Ltd

उक्त अवसरमा केदारसहितका कलाकारले मिडियासँग प्रश्नोत्तर गर्दै आ-आफ्नो चरित्र चित्रणबारे चर्चा गरे । गरिब व्यक्तिको धनी बन्ने महत्वाकाङ्क्षाको कथावस्तुमा बनेको फिल्मलाई ऋषि लामिछानेले निर्देशन गरेका हुन् भने पटकथा सामीप्य तिमल्सिनाले लेखेका हुन् । निर्माता मुनाल घिमिरे हुन् ।

प्रतिक्रिया

लेखकको बारेमा

बिशाल खबर