+
Search

ताजा अपडेट +

पपुलर +

सर्वोदय क्यम्पस बरेङमा छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न

सर्वोदय क्यम्पस बरेङमा छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न
बिशाल खबर
११ महिना अगाडी

ईबरेङ ।
बागलुङको बरेङ सर्वोदय क्यम्पसमा बिभिन्न कोषहरुद्वारा बुधबार छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न भएको छ ।

बरेङ गाउँपलिकाबाट प्राप्त योजनाअन्तर्गत ६० हजार, नन्दलाल कलावती प्रतिष्ठान अक्षयकोषबाट ४० हजार तथा चुडाधन अक्षयकोषबाट १०हजार रगरी जम्मा १ लाख १० हजार बराबरको रकमबाट कार्यक्रमबाट यस क्याम्पसमा स्नातक तह प्रथम वर्षदेखि चौथो वर्षसम्मका २२ जना विद्यार्थीहरु लाभान्वित भएका छन् ।

Everest Courier Hub Pvt.Ltd

छात्रवृत्ति प्राप्त गर्ने सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाईसँगै दुर्गम क्षेत्रमा समुदायस्तरबाट सञ्चालित सामुदायिक क्याम्पसमा यस किसिमका अक्षयकोष तथा छात्रवृत्ति कार्यक्रमले दूरदराजमा रहेका उच्च शिक्षा अध्ययन गर्ने तीव्र ईच्छा भएका निम्न तथा माध्यम वर्गीय परिवारका विद्यार्थीहरुलाई निकै ठूलो मदत पुग्ने सर्वोदय क्यम्पस प्रमुख फुलकुमारी शर्माले बताएका छन् ।

Everest Courier Hub Pvt.Ltd

हुँदा यो अवसर प्रदान गर्नु हुने बरेङ गाउँपालिका, नन्दलाल कलावती प्रस्तिष्ठानका संस्थापक, संरक्षक बरेङ गाउँपालिका वडा नं. १ कोकल्दिप हाल काठमाडौं टोखा निवासी हेमराज आचार्य एवम् उनका सम्पूर्ण परिवार तथा चुडाधन अक्षयकोषका संस्थापक, संरक्षक बरेङ गाउँपालिका वडा नं।२ निवासी विमलप्रसाद पौडेल र उनका परिवारप्रति आगामी दिनमा निरन्तर सहयोगको अपेक्षा रहेको सर्वोदय क्यम्पस प्रमुख शर्माले बताएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

बिशाल खबर