+
Search

ताजा अपडेट +

पपुलर +

महालेखा परिक्षकको ६१ औं वार्षिक प्रतिवेदनः जिल्लाकै कम बेरुजु हुने स्थानमा बरेङ

महालेखा परिक्षकको ६१ औं वार्षिक प्रतिवेदनः जिल्लाकै कम बेरुजु हुने स्थानमा बरेङ
बिशाल खबर
११ महिना अगाडी

अमृता पुन बरेङ ।
महालेखा परिक्षकको कार्यालयको ६१ औं वार्षिक प्रतिवेदन सार्वजनिक भए अनुसार बागलुङ जिल्लाका १० वटा पालिकाहरुमा बरेङ गाउँपालिका सबै भन्दा कम ब्रुजु हुने स्थानीय तकको रुपमा आफ्नोस्थान सुरक्षित गरेको छ ।

आर्थिक वर्ष २०७९÷०८० मा जिल्लाभर सबभन्दा कम वेरुजु ०.७१ प्रतिशत बेरुजु हुने स्थानीय तहका रुपमा हुन गाउँपालिका सफल भएको छ ।

Everest Courier Hub Pvt.Ltd

महालेखा परिक्षकको कार्यालयको ६१ औं वार्षिक प्रतिवेदन अनुसार जिल्लाका १० वटा पालिकाहरुमा बरेङ गाउँपालिका ०.७१ प्रतिशत, जैमिनी नगरपालिका ०.७४ प्रतिशत, बडिगाड गाउँपालिका १.३४ प्रतिशत, गलकोट नगरपालिका १.५१ प्रतिशत, बागलुङ नगरपालिका १.८४ प्रतिशत, तमानखोला गाउँपालिका २.०१ प्रतिशत, ढोरपाटन नगरपालिका २.१६ प्रतिशत, काठेखोला गाउँपालिका ३.६९ प्रतिशत, ताराखोला गाउँपालिका ७.१४ प्रतिशत र निसीखोला गाउँपालिका ७.६३ प्रतिशत बेरुजु रहेको देखिएको छ ।

Everest Courier Hub Pvt.Ltd

यो सफलता संगै बरेङ गाउँपालिकाले बेरुजु शून्य प्रतिशतमा कायम गर्ने लक्ष्यका साथ नीति नियम अनुसार योजनाहरु सम्पन्न गर्न योजनासंग सम्वन्धित सम्पूर्णमा आग्रह गरेको छ । बेरुजुको यो अवस्थासम्म गाउँपालिकालाई ल्याउन आ–आफ्नो क्षेत्रबाट सहयोग पु¥याउने कर्मचारी र जनप्रतिनिधिहरु लगायत योजनाका उपभोक्ता समिति लगायतको संयुक्त प्रयासलाई गाउँपालिका अध्यक्ष कृष्ण प्रसाद शर्माले हार्दिक धन्यवाद दिंदै आगामी दिनहरुमा पनि यो सफलताको निरन्तरता राख्न साथ सहयोग रहने अपेक्षा समेत गरेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

बिशाल खबर