+
Search

ताजा अपडेट +

पपुलर +

जेलबाट छुटे रामबहादुर बमजन, यौन दुराचार मुद्दामा पाए सफाइ

जेलबाट छुटे रामबहादुर बमजन, यौन दुराचार मुद्दामा पाए सफाइ
बिशाल खबर
२ महिना अगाडी

काठमाडौं : ‘लिटिल बुद्ध’ भनेर चिनिने रामबहादुर बमजन यौन दुराचारको मुद्दामा सफाइ पाएका छन्। उच्च अदालत जनकपुरले जिल्ला अदालत सर्लाहीको फैसला उल्ट्याउँदै उनलाई निर्दोष ठहर गरेको हो।

सर्लाही जिल्लाकी एक नाबालिका अनुयायी ‘आनी’माथि यौन दुर्व्यवहार गरेको आरोपमा बमजनलाई सर्लाही जिल्ला अदालतले १० वर्ष कैद सजाय र पाँच लाख रुपैयाँ क्षतिपूर्ति तोकेको थियो। तर, सो फैसलाविरुद्ध बमजनले उच्च अदालतमा पुनरावेदन गरेका थिए।

Everest Courier Hub Pvt.Ltd

२०८१ चैत ६ गते, उच्च अदालत जनकपुरका न्यायाधीश नरिश्वर भण्डारी र खेमराज भट्टको संयुक्त इजलासले आरोप पुष्टि नभएको भन्दै बमजनलाई सफाइ दिएको हो। अदालतका उप-रजिष्ट्रार सुशील यादवका अनुसार दाबी पुष्टि नहुँदा मुद्दा नै खारेज गरिएको हो।

Everest Courier Hub Pvt.Ltd

फैसला सुनिँदा बमजन सिन्धुपाल्चोक कारागारमा थुनामा थिए। उनलाई अर्की अनुयायी फूलमाया रुम्बा बेपत्ता प्रकरणमा अनुसन्धानका लागि त्यहाँ स्थानान्तरण गरिएको थियो।

चैत ७ गते बमजन कारागारबाट रिहा भएका थिए। श्रीमती दीपशिखाले उनलाई बुझेर लगेकी थिइन्। रुम्बा बेपत्ता प्रकरणमा पनि बमजनलाई सिन्धुपाल्चोक अदालतले कात्तिक २५ गते धरौटीमा रिहा गरिसकेको थियो।

यस फैसलासँगै लामो समयदेखि कानुनी प्रक्रियामा रहेका बमजन अहिले कानुनी रूपमा मुक्त भएका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

बिशाल खबर