+
Search

ताजा अपडेट +

पपुलर +

रुकुम पुर्वको पुथा उत्तरगङ्गा गाउँपालिकामा मातृत्व जोगाउने अभियान

रुकुम पुर्वको पुथा उत्तरगङ्गा गाउँपालिकामा मातृत्व जोगाउने अभियान
बिशाल खबर
२ महिना अगाडी

कल्प इम्पावर वेमेन नेपालले चैत्र २८ गते देखि २०८२ साल बैसाख ३ गते सम्म पुथा उत्तरगङ्गा गाउँपालिका, रुकुम पूर्वमा मातृत्व जोगाउने अभियान “भुपेन्द्रा बुढा स्मृति क्यापिएँन सी-क्याप” संचालन गरेको छ ।

गत चैत्र २६ गते भुपेन्द्रा बुढा स्मृति क्यापिएँन सी-क्यापको औपचारिक शुभारम्भ गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री माननीय कृष्ण प्रसाद पाठकको प्रमुख आतिथ्यतामा बडीगाड गाउँपालिका कार्यक्रम भएको थियो।

Everest Courier Hub Pvt.Ltd

पुथा उत्तरगङ्गा गाउँपालिका, रुकुम पूर्व, बडीगाड गाउँपालिका, बागलुङ; अन्नपूर्ण गाउँपालिका, म्याग्दी; पचालझरना गाउँपालिका, कालिकोट,पटेर्वा सुगौली गाउँपालिका, पर्सा; सिगास गाउँपालिका, बैतडी; र गौमुल गाउँपालिका, बाजुरा —गरी ७ स्थानीय तहका करिब १०,००० किशोरी र महिलालाई प्रत्यक्ष रूपमा लाभ पुग्ने लक्ष्य लिइएको यो अभियानले पुथा उत्तरगङ्गा गाउँपालिका, रुकुम पूर्वमा समेत कार्यक्रम संचालन गरेको जानकारी संस्थाकि अध्यक्ष पुजा कोइरालाले दिनुभयो ।

Everest Courier Hub Pvt.Ltd

अध्यक्ष पुजा कोइरालाका अनुसार किशोरी समूहलाई अभिमुखीकरण कार्यक्रम साथै गठन, स्वास्थ्य गाउँ साक्षरता अभियान र पाठेघरको मुख क्यान्सर भी.आइ. ए.चेकजाच निशुल्क स्वास्थ्य शिविर कार्यक्रम आयोजना गरिएको छ।एक दिने शिविरको ७० जना महिलाले प्रत्यक्ष लाभ लिनुभएको थियो । अभियानको अन्तिम दिन निशुल्क स्वास्थ्य शिविरको अवसरमा आयोजित औपचारिक कार्यक्रमको अध्यक्षता पुथा उत्तरगङ्गा गाउँपालिका उपाध्यक्ष नरपुरा बुढा पुनले गर्नु भएको थियो भनि कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत ध्रुव वि.कले पुथा उत्तरगङ्गा गाउँपालिका हिमाली गाउँपालिका रहेको र १४ वटा वडा रहेको भौगोलिक विकटता रहेको गाउँपालिका मातृत्व जोगाउने अभियानले ठुलो अर्थ राख्ने मन्तव्य व्यक्त गर्नु भयो। निशुल्क स्वास्थ्य शिविरमा डा. विजय ओझा विशेषज्ञ डाक्टरको रुपमा उपस्थीत हुनुहुन्थ्यो ।

पुथा उत्तरगङ्गा गाउँपालिका, रुकुम पूर्वमा कार्यक्रम अहिले सुदूरपश्चिमको बाजुरा जिल्लाको गौमुल गाउँपालिकामा रहेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

बिशाल खबर