+
Search

ताजा अपडेट +

पपुलर +

मातृत्व जोगाउने अभियान “भुपेन्द्रा बुढा स्मृति क्यापिएँन सी-क्याप” बाजुराको गौमुल गाउँपलिकामा सप्पन्न, अभियान पर्सा तर्फ अघि बढ्दै

मातृत्व जोगाउने अभियान “भुपेन्द्रा बुढा स्मृति क्यापिएँन सी-क्याप” बाजुराको  गौमुल गाउँपलिकामा सप्पन्न, अभियान पर्सा तर्फ अघि बढ्दै
बिशाल खबर
२ महिना अगाडी

बाजुरा, कल्प इम्पावर वेमेन नेपालले मातृत्व संरक्षण र महिला सशक्तीकरणको उद्देश्यले संचालन गरेको “भुपेन्द्रा बुढा स्मृति क्यापिएँन सी-क्याप”नामक अभियान सुदुरपश्चिम प्रदेश बाजुरा जिल्लाको गौमुल गाउँपालिकामा सम्पन्न भएको छ। गत बैशाख ०५ गतेदेखि सुरु भएको यो अभियान बैशाख ११ गते एक औपचारिक कार्यक्रम बिच सम्पन्न भएको हो।

अभियानको औपचारिक शुभारम्भ भने चैत्र २६ गते बडीगाड गाउँपालिका, बागलुङमा गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री माननीय कृष्ण प्रसाद पाठकको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। त्यस पश्चात अभियान रुकुम पुर्व हुदै बाजुराको गौमुल गाउँपालिका तर्फ प्रस्थान गरेको थियो।

Everest Courier Hub Pvt.Ltd

गौमुल गाउँपालिकामा सञ्चालन भएको कार्यक्रममा किशोरी समूहको अभिमुखीकरण र गठन, स्वास्थ्य गाउँ साक्षरता अभियान अन्तर्गत गौमुल गाउँपालिका भित्रका ६ वडाका ३९९ घरधुरीमा स्वास्थ सचेतना संचालन गरिएको थियो।गौमुल गाउँपालिका स्तरीय किशोरी समुह निशा वि.कको अध्यक्षतामा १९ सदस्यीय तदर्थ समिति चयन भएको छ।

Everest Courier Hub Pvt.Ltd

गौमुल गाउँपालिकाको अभियान समापन कार्यक्रम गौमुल गाउँपालिकाकि उपाध्यक्ष सीता थापाले अध्यक्षता गर्नु भएको थियो भने प्रमुख अतिथिका रुपमा जिल्ला समन्वय समितीका प्रमुख अम्बर बहादुर रोकायाको उपस्थिति रहेको थियो ।त्यस्तै स्वागत मन्तव्यको क्रममा प्रशासकीय अधिकृत जगदिश भट्टले भौगोलिक विकटतामा बाचिरहेका महिलाका निम्ति मातृत्व जोगाउने अभियानको महत्वपूर्ण सन्देश रहेको धारणा राख्नुभयो।

गौमुल गाउँपालिकाकि उपाध्यक्ष सीता थापा नेपालि महिला जनप्रतिनिधिको सुकर्मलाई संचार गर्ने अभियान शी लिड्स आइकन २०८१ की बिजेता मध्ये १ हुन् ।जस्ले विकटतामा समेत सुन्दर कर्म गर्दै आउनुभएको प्रेरणादायी महिला जनप्रतिनिधि हुनुहुन्छ।

आम नेपाली महिला भोग्दै आएको दुर्गपिडालाई मलहल लगाउने सोच र संकल्प सहित अभियानले सात वटा जिल्लाका स्थानीय तहहरू — पुथा उत्तरगङ्गा (रुकुम पूर्व), बडीगाड (बागलुङ), अन्नपूर्ण (म्याग्दी), पचालझरना (कालिकोट), पटेर्वा सुगौली (पर्सा), सिगास (बैतडी) र गौमुल (बाजुरा) — मा करिब १०,००० किशोरी र महिलालाई प्रत्यक्ष लाभ पुर्‍याउने लक्ष्य लिएको संस्थाकी अध्यक्ष पुजा कोइरालाले जानकारी दिइन्।

प्रतिक्रिया

लेखकको बारेमा

बिशाल खबर