+
Search

ताजा अपडेट +

पपुलर +

परराष्ट्रमन्त्रीसँग जापानका उपविदेशमन्त्रीको भेट

परराष्ट्रमन्त्रीसँग जापानका उपविदेशमन्त्रीको भेट
बिशाल खबर
२६ मिनेट अगाडी

काठमाडौँ । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवासँग जापानका उपविदेशमन्त्री इकुइनो अकिकोले आज शिष्टाचार भेटवार्ता गरेकी छन् । त्यस अवसरमा मन्त्री डा.राणाले उपमन्त्री अकिकोलाई सगरमाथा संवादमा सहभागी भएकामा धन्यवाद व्यक्त गरिन् ।

Everest Courier Hub Pvt.Ltd

साथै मन्त्री डा.राणाले सिन्धुली बर्दिवास बाटोको पुनर्निर्माण तथा मर्मतसम्भारका लागि सहयोग गरेकामा जापान सरकारलाई धन्यवाद ज्ञापन गर्नुभएको उनको निजी सचिवालयले जनाएको छ ।

गतवर्ष आएको अविरल वर्षाका कारण सो बाटोमा ठूलो क्षति पुगेको छ । जापान सरकारको अनुदानमा निर्मित सो बाटोको मर्मत तथा पुनर्निर्माणका लागि नेपाल सरकारले अनुरोध गरेपछि जापानले सहयोग गर्ने भएको हो ।

मन्त्री डा.राणा र जापानी उपविदेशमन्त्रीबिच दुई देशको सम्बन्धका विविध विषयमा कुराकानी भएको थियो । मन्त्री डा. राणाले नेपालको आर्थिक, सामाजिकलगायत क्षेत्रमा विगत लामो समयदेखि जापानले पुर्‍याउँदै आएको सहयोगका लागि पनि धन्यवाद ज्ञापन गरेकी थिइन् ।

मन्त्री डा.राणाले नेपालले अन्तर्राष्ट्रिय मञ्चमा उठाउँदै आएको जलवायु न्यायका पक्षमा ऐक्यबद्धता जनताउन र सहयोगका लागि जापानसँग आग्रह पनि गरेकी थिइन् ।

प्रतिक्रिया

लेखकको बारेमा

बिशाल खबर