+
Search

ताजा अपडेट +

पपुलर +

‘मन चोर्नेहलाई कहाँ दिउँ उजुरी’ भन्दै आए डी.बी. गुरुङ

‘मन चोर्नेहलाई कहाँ दिउँ उजुरी’ भन्दै आए डी.बी. गुरुङ
बिशाल खबर
२ हप्ता अगाडी

काठमाडौं । चर्चित गायक तथा संगीतकार डी.बी. गुरुङको आवाजमा ‘मन चोर्नेलाई कहाँ दिउँ उजुरी’ बोलको मौलिक कौडा गीतको भिडियो सार्वजनिक भएको छ । यस अगाडि सयौं गीतमा आवाज दिएर चर्चामा रहेका गायक गुरुङले पछिल्लो कौडा भाकाको गीत सार्वजनिक गरेका हुन् ।

उक्त गीतमा राजकुमार बगरको शब्द तथा लय रहेको छ । गीतको भिडियोमा रीता तामाङ, प्रताप सुनुवार, बिनोद राजथला, अमृत राजथला र भवानी प्रसाद कार्की लगायतका कलाकारहरुले अभिनय गरेका छन् ।

Everest Courier Hub Pvt.Ltd

त्यसैगरी, सम्पादन सहयोगीमा नन्दु भाइ लिम्बु र विजय लिम्बु रहेका छन् भने छायाँकन र सम्पादन सुवास लिम्बुले गरेको भिडियोको कोरियोग्राफी र निर्देशन रोहित लाम्गादे र राज लावतीले गरेका छन् ।

Everest Courier Hub Pvt.Ltd

बाँकी यो भिडियो लिंकमा हेर्नुहोस्

प्रतिक्रिया

लेखकको बारेमा

बिशाल खबर