+
Search

ताजा अपडेट +

पपुलर +

‘गोर्खा वारियर’ निर्माता सुमन राईद्वारा ६४७६ मिटर अग्लो हिमाल सफल आरोहण, अबको लक्ष्य सगरमाथा

‘गोर्खा वारियर’ निर्माता सुमन राईद्वारा ६४७६ मिटर अग्लो हिमाल सफल आरोहण, अबको लक्ष्य सगरमाथा
बिशाल खबर
२ महिना अगाडी

काठमाडौं । चलचित्र ‘गोर्खा वारियर’ का निर्माता तथा अनुग्रह ग्रुपका अध्यक्ष सुमन राईले ६,४७६ मिटर अग्लो मेरा पिक हिमालको सफल आरोहण गरेका छन्। साहसिक र प्रेरणादायी अभियानका साथ हिमालको सफल आरोहण सम्पन्न गरेका राईको अबको लक्ष्य भनेको सगरमाथाको सफल आरोहण रहेको छ।

सुमन राई नेतृत्वको अनुग्रह ग्रुप बेलायतमा व्यवसाय र सामाजिक उत्तरदायित्व दुवैमा सक्रिय रहँदै आएको संस्था हो। समूह अन्तर्गत अनुग्रह ज्वेलर्स , न्यु अनुग्रह ज्वेलर्स, अनुग्रह बुलिन, अनुग्रह वाच लिमिटेड, अनुग्रह ट्राभल, अनुग्रह गोल्ड हाउस तथा अनुग्रह फाउन्डेसन सञ्चालनमा छन्।

Everest Courier Hub Pvt.Ltd

पूर्वगोर्खा सैनिक रहिसकेका निर्देशक तथा निर्माता मिलन चाम्सले गोर्खालीले रचेको इतिहास समेटेर ‘गोर्खा वारियर’ चलचित्र निर्माण तथा निर्देशन गरेका हुन्। सुमन राई बेलायतस्थित लिसेस्ट स्क्वायरमा रहेको आइम्याक्स सिनेवल्र्डमा पहिलो प्रदर्शनी (प्रिमियर) गरेर नेपाली चलचित्र क्षेत्रमा एउटा किर्तिमान राख्न सफल चलचित्र ‘गोर्खा वारियर’ का निर्माता हुन्।

सामाजिक सेवामा पनि उत्तिकै क्रियाशील अनुग्रह फाउण्डेशनले आफ्नो आम्दानीको १० प्रतिशत हिस्सा शिक्षा, स्वास्थ्य, खानेपानी, वृद्ध, बालबालिका तथा ग्रामीण विकासका क्षेत्रमा लगानी गर्दै आएको छ। ‘शून्यदेखि सगरमाथा सम्म’ भन्ने नाराका साथ सुरु गरिएको अभियान अन्तर्गत अबको चरण सगरमाथा आरोहण र वातावरणीय सचेतना फैलाउने अभियानमा केन्द्रित हुनेछ।

सुमन राईको यो प्रयास ‘Fundrise Social Campaign’ मार्फत ग्लोबल वार्मिङबिरुद्ध जनचेतना जगाउन, वातावरण जोगाउन र भविष्यका पुस्ताका लागि सुरक्षित पृथ्वीको सन्देश दिन केन्द्रित छ।

यो अभियानमा अनुग्रह टिमका शुभेच्छुकहरूसँगै NCCA UK, NCC UK, तमु धिं UK, किरात राई यायोख्खा, खोटाङ समाज र थुलुङ राई समाज लगायत विभिन्न प्रवासी नेपाली संघसंस्थाहरूको साथ, समर्थन र उत्साहजनक सहभागिता रहेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

बिशाल खबर