+
Search

ताजा अपडेट +

पपुलर +

आयुष सिंह ठकुरी र एलिजे जमाली अब कानुनी रूपमा पति र् पत्नीको बन्धनमा बाधिय

आयुष सिंह ठकुरी र एलिजे जमाली अब कानुनी रूपमा पति र् पत्नीको बन्धनमा बाधिय
बिशाल खबर
२ महिना अगाडी

टिकटकमा लोकप्रियता कमाउन सफल युवा जोडी आयुष सिंह ठकुरी र एलिजे जमाली अब कानुनी रूपमा पति र् पत्नीको बन्धनमा बाधियका  छन्। काठमाडौं जिल्ला अदालत पुगेका यी दुईले सोमबार अदालती विवाह (कोर्ट म्यारिज) गरेर आफ्नो सम्बन्धलाई बैभाब्हिक बनाएका छन् ।

विवाहपछिको खुसी उनीहरूले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन्। कोर्ट म्यारिजका तस्बिर शेयर गर्दै एलिजेले लेखेकी छिन्, ‘हामीलाई अनलाइन खोज्न त खोजे, तर हामी त हाम्रो सधैंका लागि अनलाइनमै हस्ताक्षर गर्दै थियौं। मिस्टर एण्ड मिसेस।’

Everest Courier Hub Pvt.Ltd

यो जोडीले २०८० साल असोज १९ गते दुबईमा ईन्गेजमेन्ट गरेका थिए। त्यतिबेला उनीहरूको इन्गेजमेन्टका फोटो र भिडियोहरू टिकटकमा निकै भाइरल भएका थिए। त्यसबेला पनि इन्गेजमेन्टको खबर उनीहरूले आफ्नै सामाजिक सञ्जालबाटै सार्वजनिक गरेका थिए।

पाकिस्तानी मूलकी एलिजे र नेपाली नागरिक आयुषको भेट टिकटक लाइभमार्फत भएको थियो। सोही भेटबाट सुरु भएको प्रेम केही समयमै विवाहमा परिणत भएको हो।

एलिजे लामो समयदेखि दुबईमा बस्दै आएकी थिइन्। इन्गेजमेन्टपछि भने उनी नेपाल आएर आयुषसँगै बस्दै आएकी थिन् । नेपाल र पाकिस्तानका युवायुवतीबीचको अन्तरदेशीय प्रेम र विवाह भएकाले पनि सामाजिक सञ्जालमा उनीहरूको चर्चा अझ चुलिएको देखिन्छ।

प्रतिक्रिया

लेखकको बारेमा

बिशाल खबर