+
Search

ताजा अपडेट +

पपुलर +

आत्महत्या दुरुत्साहन केशमा रिनेशकी प्रेमिका सुप्रिया खड्का पक्राउ

आत्महत्या दुरुत्साहन केशमा रिनेशकी प्रेमिका सुप्रिया खड्का पक्राउ
बिशाल खबर
१ महिना अगाडी

काठमाडौं । ललितपुर, चापागाउँका २६ वर्षीय युवक रिनेश घिमिरेले प्रेम सम्बन्धको तनावका बीच एक भावुक फेसबुक स्टाटस लेख्दै आफ्नो ज्यान फालेका छन्। गत १५ जुलाईमा उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका थिए:

“बाउ–आमाको बुढेसकालको साहारालाई आज घाँटीमा पासो लगाउन बाध्य बनाउने तिमीलाई उज्वल भविष्यको शुभकामना अनि धेरै धेरै माया। अल्बिदा !”

Everest Courier Hub Pvt.Ltd

उक्त स्टाटस लेखिएको १५ मिनेटपछि रिनेश आफ्नै कोठामा झुण्डिएको अवस्थामा मृत फेला परे। रिनेश महालक्ष्मीस्थानमा मोबाइल पसल सञ्चालन गर्दै आएका थिए। उनका नजिकका साथीहरूको भनाइ अनुसार उनी केही समयदेखि मानसिक तनावमा थिए।

फेसबुकमा गरिएको उक्त पोस्टमा एक युवतीको तस्बिरसमेत राखिएको थियो, जसपछि प्रहरीले अनुसन्धान अघि बढायो। प्रहरीका अनुसार ती युवती दोलखाकी सुप्रिया खड्का हुन्, जो हाल काठमाडौंको बालाजुमा बस्दै आएकी थिइन्।

जिल्ला प्रहरी कार्यालय ललितपुरका प्रमुख एसपी चक्रराज जोशीका अनुसार सामाजिक सञ्जालमा पोस्ट भाइरल भएपछि प्रहरीले सुप्रियासँग सम्पर्क गरेको थियो। त्यसपछि उनी सोमबार साँझ प्रहरीसमक्ष उपस्थित भएकी थिइन्।

रिनेश र सुप्रिया लामो समयदेखि प्रेम सम्बन्धमा रहेको प्रहरीको प्रारम्भिक निष्कर्ष छ। तर, पछिल्लो केही समयदेखि उनीहरूबीच मनमुटाव चुलिंदै गएको थियो। यही कारणले रिनेश मानसिक रूपमा अत्यन्त प्रभावित भएको र आत्महत्या गर्न बाध्य बनेको प्रहरीको भनाइ छ।

हाल रिनेश र सुप्रियाका केही पुराना भिडियोहरू टिकटक लगायत सामाजिक सञ्जालमा तीव्र गतिमा फैलिरहेका छन्। घटनाको गम्भीरता हेर्दै प्रहरीले सुप्रिया खड्काविरुद्ध आत्महत्या दुरुत्साहन अन्तर्गत अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

बिशाल खबर