टेलिफिल्मको पर्दामा लोकप्रिय बनेका ‘हरिबहादुर’ पात्र नेपाली फिल्मको पर्दामा फर्किन लागेका छन् । दशकौं अघिदेखि टेलिभिजन सिरियलमार्फत दर्शकलाई हसाउँदै आएका यो पात्र अब भने केवल हाँसोमै सीमित छैनन्, आँसु र पीडासँगै नयाँ कथा बोकेर दर्शकमाझ आउन लागेका हुन् । आगामी दशैंलाई लक्षित गरेर असोज १३ गतेदेखि प्रदर्शन हुने तयारीमा रहेको फिल्म ‘हरिबहादुरको जुत्ता’ को टिजर हालै सार्वजनिक गरिएको छ ।
टेलिफिल्मका हरिबहादुर फिल्ममा भने स्वभाव परिवर्तन गरेर आउन लागको संकेत टिजरले दिएको छ । ठग र चोरको रूपमा परिचित हरिबहादुरलाई यसपटक निर्देशक दीपेन्द्र के. खनालले कारुणिक र भावनात्मक दुनियाँमा उभ्याउने प्रयास गरेका छन् भन्ने आभास टिजरमार्फत पाउन सकिन्छ । यद्यपि जुत्ताको रहस्य भने खुलाईएको छ, लाग्छ त्यही जुत्ताको वरिपरि यो फिल्मको कथा घुमेको छ । हेर्नुस् टिजर ।
यस फिल्ममा हरिवंश आचार्य (हरिबहादुर) सँगै प्रियंका कार्की, स्वस्तिमा खड्का, प्रकाश सपुत, दिव्य देव, हरिहर शर्मा, राजाराम पौडेल, दिनेश काफ्ले, कमलमणि नेपाललगायत कलाकारहरूको अभिनय देख्न सकिन्छ । एसएम मोसन पिक्चर्सको ब्यानरमा बनेको यो फिल्मलाई सरोज ओली र मोहितवंश आचार्यले निर्माण गरेका हुन् । छायांकनमा कृष्णबहादुर थापा, सम्पादनमा नकुल खड्का र सङ्गीतमा वसन्त सापकोटा, दीपक शर्मा र प्रकाश सपुत रहेको छ ।
प्रतिक्रिया