+
Search

ताजा अपडेट +

पपुलर +

कालिम्पोङमा गायक दीपक बज्राचार्यको कन्सर्ट हुदै

कालिम्पोङमा गायक दीपक बज्राचार्यको कन्सर्ट हुदै
बिशाल खबर
५ महिना अगाडी

काठमाडौं । लोकप्रिय गायक दीपक बज्राचार्य र उनको रिदम ब्याण्डले आगामी बुधबार अर्थात जनवरी २९ तारिखका दिन भारत पश्चिम बंगालको कालिम्पोङमा सांगीतिक प्रस्तुती दिने भएका छ । कालिम्पोङ नगरपालिकाको आयोजनामा मेला ग्राउण्डमा जनवरी २८ देखि ३० सम्म ३ दिन चल्ने ‘कालिम्पोङ म्युनिसिपैलिटी फेस्ट २०२५ ‘ नाम दिईएको उक्त मेलामा २९ तारिखमा नेपालको चर्चित गायकको टिमको भब्य प्रस्तुती दिन लागेको हो । भन्डै तीन दशकदेखि नेपाली सँगीतमा योगदान दिदै नेपाली पप सँगीतमा विशिष्ट पहिचान बनाउन सफल गयाक गायक दीपक बज्राचार्यको पछिल्लो बहुचर्चित गीत ‘मनमगन’ पछि झनै उनी देश बिदेशका धेरै सांगीतिक कन्सर्ट हरुमा व्यस्त छन् । नेपाली कला, संगीत संस्कृतीको प्रवर्धनलाई सदैव लागिपरेका उनले कार्यक्रममा नेवारी धिमे बाजा, जात्रा, धिमे बोल, कुमारी, लाखे नाचका साथै अन्य मौलिक, परम्परागत संस्कृति झल्कने छलिया नाच, झाँक्री नाच पनि समावेश गर्दै नेपाली संगीतको साथमा कला र संस्कृतीलाइ पनि त्यतिकै अन्तररास्ट्रीय करण गरिरहेका हुन्छन ।

Everest Courier Hub Pvt.Ltd

Everest Courier Hub Pvt.Ltd

प्रतिक्रिया

लेखकको बारेमा

बिशाल खबर