+
Search

ताजा अपडेट +

पपुलर +

​चलचित्र “यो मन त मेरो नेपाली हो” असार २७ बाट प्रदर्शनमा आउने

​चलचित्र “यो मन त मेरो नेपाली हो” असार २७ बाट प्रदर्शनमा आउने
बिशाल खबर
६ महिना अगाडी

काठमाडौं , चलचित्र “यो मन त मेरो नेपाली हो” को प्रदर्शन मिति तय गरिएको छ ।चलचित्रका निर्माता ज्ञान बहादुर प्रधान (रोशन) ले चलचित्र २०८२ सालको असार २७ गतेबाट प्रदर्शनमा आउने जानकारी दिएका छन्। चलचित्रलाई आरआर फिल्मस् प्रा.लि.ले वितरण गर्नेछ ।

चलचित्रमा रोशन श्रेष्ठ, विजय बराल ,विल्सन विक्रम राई, बुद्धि तामाङ ‘हैट’, आयुषा समाल, नारायण खाती,भुपेन्द्र लिङ्देन “मन्त्री”,सुबास भन्डारी,बिजय सुब्बा,बिजिता बर्देवा, देवराज राजबन्शी लगायतको अभिनय रहेको छ।

Everest Courier Hub Pvt.Ltd

अमेरीकामा रहेका साहित्यकार नर प्रधान (मित्र) को निर्देशन तथा कथा रहेको “यो मन त मेरो नेपाली हो” लाई ज्ञान बहादुर प्रधान (रोशन) ले निर्माण गरेका हुन् ।पद्मा ईश्वर ईन्टरटेन्मेन्ट प्रा.लि.र नर प्रधानको प्रस्तुतिमा निर्माण भएको चलचित्र “यो मन त मेरो नेपाली हो” ले विदेशमा रहेका नेपालीको मुद्धालाई उठान गर्दैछ । चलचित्र “यो मन त मेरो नेपाली हो”ले नेपाली भाषा, साहित्य, कला, यसको ईतिहास, महत्व र नेपाली भाषाको गौरवसंगै नेपाली को हुन् भन्ने विषयबस्तुलाई उठान गर्न खोजेको छ।

शिवम् अधिकारीको लेखनमा निर्माण भएको चलचित्रले विश्वका विभिन्न देशहरुमा बसोबास गर्दै आएका नेपालीहरुले आफ्नो कला, संस्कार, संस्कृति विर्सदै गएको हुदा चलचित्रको माध्यमबाट नेपाली भाषा प्रतिको आकर्षण, महत्व र ईतिहास दर्साउन खोजिएको छ ।

“यो मन त मेरो नेपाली हो” मा दिपक शर्मा ,विकास चौधरी र तोरम्पा हाङ राईको संगीत ,सौरभ लामाको छायांकन ,बनिश शाहको सम्पादन , देव महर्जनको द्वन्द्व ,रेनिश फागोको कलरिस्ट , कविराज गहतराज र प्रमोद भण्डारी को कोरियोग्राफी रहेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

बिशाल खबर