+
Search

ताजा अपडेट +

पपुलर +

सौन्दर्यविद चन्दा पुनले ‘क्युटी केयर ब्यूटी हब एण्ड ट्रेनिङ सेन्टर’को नयाँ शाखा सञ्चालन

सौन्दर्यविद चन्दा पुनले ‘क्युटी केयर ब्यूटी हब एण्ड ट्रेनिङ सेन्टर’को नयाँ शाखा सञ्चालन
बिशाल खबर
४ महिना अगाडी

काठमाडौं – सौन्दर्य क्षेत्रमा दुई दशकभन्दा बढी अनुभव बोकेकी वरिष्ठ ब्यूटी एक्सपर्ट चन्दा पुनले आफूले स्थापना गरेको ‘क्युटी केयर ब्यूटी हब एण्ड ट्रेनिङ सेन्टर’को नयाँ शाखा ५० लाख भन्दा माथिको लगानीमा काठमाडौंको बसन्तनगर, बलाजुमा सञ्चालनमा ल्याएकी छिन्। कार्यक्रमलाई विधिवत रूपले उद्घाटन आफ्ना गुरु रुसका श्रेष्ठ र राधा शर्मा गरिएको थियो साथै मिस पवि, झरना रिसाल, सुजल बम ,सविता रेग्मी , अनिता गिरी , सृष्टि घिमिरे को उपस्थिति थियो l कार्यक्रममा आफ्नो उत्कृष्ट विद्यार्थीहरूलाई सम्मान र अवार्ड पनि दिएको थियो। सौन्दर्यविधहरूको बाक्लो उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो। सौन्दर्य विद चन्दापुन भन्छिन- हामीले सम्पूर्ण ग्राहक वर्गहरुलाई तीन महिनासम्म ५० प्रतिशत छुट दिएका छौंl

गोंगबु, टोखा–९, माग्दीचोकमा अवस्थित केन्द्रको सफल यात्रापछि व्यवसाय विस्तारको क्रममा पुनले नयाँ शाखा स्थापना गरेकी हुन्। यस सौन्दर्य केन्द्रमा विभिन्न सौन्दर्य सेवासँगै, ब्यूटी सम्बन्धी पेशागत तालिम समेत प्रदान गरिन्छ।

Everest Courier Hub Pvt.Ltd

चन्दा पुनले विगत २० वर्षदेखि सौन्दर्य क्षेत्रमा सक्रिय रही, लाखौं ग्राहकहरूलाई सेवा दिँदै आएका छन्। सिटीभिटी मान्यता प्राप्त क्युटी केयर ब्यूटी हब एण्ड ट्रेनिङ सेन्टर’ बाट उनले हजारौँको सङ्ख्यामा विद्यार्थीहरूलाई व्यवसायिक प्रशिक्षण दिई स्वावलम्बी बन्न प्रेरित गरेकी छन्।

उनको अनुभव, सीप र समर्पणले ‘क्युटी केयर’लाई सौन्दर्य तथा तालिम केन्द्रको विश्वसनीय नामका रूपमा स्थापित गर्न सफल भएको छ।

ग्राहकहरूको विश्वास, विद्यार्थीहरूको उत्साह, र सौन्दर्य सेवा तथा सीप विकासमा उनको योगदान प्रशंसनीय छ।

प्रतिक्रिया

लेखकको बारेमा

बिशाल खबर