+
Search

ताजा अपडेट +

पपुलर +

उड्ने कार : नेपालमा प्रदर्शनी मात्रै, अरू देशमा के छ प्रगति ?

उड्ने कार : नेपालमा प्रदर्शनी मात्रै, अरू देशमा के छ प्रगति ?
बिशाल खबर
२ हप्ता अगाडी

काठमाडौँ । नेपालमा पहिलोपटक वि.सं. १९७० मा गाडी भित्रिएको थियो । फोर्ड कम्पनीले बनाएको त्यो गाडीमा बत्ती समेत थिएन । त्यसबेला काठमाडौँसम्म आउने सडक पूर्वाधार नहुँदा मानिसहरूले बोकेर ल्याएका थिए ।

कुनै पनि सडक पूर्वाधार विना वैज्ञानिक समेत रहेका गेहेन्द्रशमशेर राणाले अमेरिकाको फोर्ड मोटर कम्पनीको गाडी नेपालमा ल्याउने साहसिक काम गरेका थिए । त्यसबेलामा वीरगञ्जदेखि भीमफेदी हुँदै काठमाडौँ ल्याउने सडक निर्माण भएको थिएन ।

Everest Courier Hub Pvt.Ltd

त्यही राणाकालमा नेपालमा सडक नभए पनि गाडीहरू भित्रिए । तर त्यसरी भित्र्याइएका गाडीहरू काठमाडौँमा सीमित हुन्थे । नेपालमा २०१३ सालमा त्रिभुवन राजपथको निर्माण भएपछि मात्रै नेपालमा सवारीसाधनको आयात र बिक्री सुरु भएको हो । यो बिचमा सवारीसाधन व्यवसायले उद्योगकै रुप लिइसकेको छ ।

गुड्ने गाडी नेपालमा ल्याएको ठीक ११२ वर्षमा नेपालमा उड्ने कार ल्याइएको छ । गुड्ने गाडीसँगै वैज्ञानिकहरुले उड्ने कारको परिकल्पना गरी बनाएर परीक्षण गरिसकेका छन् ।

काठमाडौँमा मंगलबारदेखि जारी ‘नाडा अटो शो’ प्रदर्शनीमा उड्ने कार हेर्ने भिडभाड बाक्लो छ । प्रधानमन्त्री र पूर्वप्रधानमन्त्री समेत प्रदर्शनीमा देखिएका छन् । नाडा अटो शोको आकर्षक वस्तु नै ‘फ्लाइङ कार’ अर्थात् उड्ने कार हो ।

दीपल ईभी ब्रान्डको आधिकारिक वितरक एमएडब्ल्यू वृद्धि अटो कर्प प्रालिले नेपालमा पहिलो उड्ने कारलाई प्रदर्शनीमा राख्ने भएको हो । एमएडब्ल्यूले भविष्यको सहरी हवाई मोबिलिटीको पहिलो झलक स्वरूप दीपल ईभीटीओएल यूएभी नामक उड्ने कार प्रदर्शनीमा राखिएको कम्पनीका प्रतिनिधि विवेक शिकारियाले बताए ।
५० वर्षको विरासत बोकेको नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले गरेको १७ औं संस्करणको अटो शो १९७० को बाँधमा बोकेर ल्याएको गाडी र उड्ने कारको ‘फ्युजन’ देखिएको छ ।

अत्याधुनिकदेखि भिन्ताज गाडीको प्रदर्शनी गरिएको छ । अटो शोमा पुराना तर अझैसम्म चल्ने अवस्थामा रहेका ऐतिहासिक वा संग्रह गरिएका सवारीसाधन राखिएको छ ।

त्यस्तै, अत्याधुनिक सवारी साधनअन्तर्गत विश्वमा निर्माण भएर विश्वमै व्यावसायिक रूपमा प्रयोजनमा नआइसकेको दुई जना बस्न मिल्ने इलेक्ट्रोनिक भर्टिकल टेकअफ एण्ड ल्यान्डिङ (इभिटोल) समेत प्रदर्शनीमा आएको छ ।

दीपल ईभी ब्रान्डको आधिकारिक वितरक एमएडब्ल्यू वृद्धि अटो कर्प प्रालिले नेपालमा पहिलो उड्ने कारलाई प्रदर्शनीमा राख्ने भएको हो । एमएडब्ल्यूले भविष्यको सहरी हवाई मोबिलिटीको पहिलो झलक स्वरूप दीपल ईभीटीओएल यूएभी नामक उड्ने कार प्रदर्शनीमा राखिएको कम्पनीका प्रतिनिधि विवेक शिकारियाले बताए ।

उनले अटो शोमा राखिने उड्ने कारहरूले नेपालका अटो व्यवसायी र कम्पनी भविष्यमुखी र दूरदर्शी छन् भनी देखाएको बताए ।

उनले भने, ‘विगतको तुलनामा यो वर्षको नाडा अटो शो अहिलेसम्मकै आकर्षक बनाएको छ । यसैले यसपटक उत्कृष्ट अटोमोबाइलहरूसँगै भविष्यका उत्कृष्ट प्रविधिहरू हेर्ने मौका सर्वसाधारणले पाएका छन् ।’

एमएडब्ल्यूले ल्याएको उड्ने कार ईएच २१६–एस मोडल हो । करिब ६०० किलो भार बोकेर साधन अधिकतम १३५ किलोमिटर प्रतिघण्टाको गतिमा उड्न सक्छ । एक पटक पूरा चार्ज गर्दा यसले ३० किलोमिटर दूरी वा २५ मिनेटसम्म उड्न सक्छ । यसमा अत्याधुनिक सुरक्षा प्रणाली समेटिएका छन् ।

यसको अधिकतम उडान भार (एमटीओडब्लु) ६०० किलोग्रामसम्म छ । करिब तीन किलोमिटरमाथि उचाइमा उडेर ३० किलोमिटर दूरी कभर गर्न सक्ने क्षमता यसमा छ । आविष्कारकहरूका अनुसार हलुका र मजबुत कार्बन–फाइबर कम्पोजिट संरचना भएको पारदर्शी क्याबिन र आधुनिक डिजाइनले यात्रुलाई आकाशको प्यानोरामिक दृश्य अनुभव गराउने कम्पनीले जनाएको छ ।

संसारभर हुँदैछ परीक्षण

नेपालमा अहिले चर्चा भए पनि विश्वका प्रमुख शक्तिशाली र प्रविधिमा अग्रणी देशहरूले आकाशमा कार उडाउने प्रविधिको विकासमा तीव्र प्रतिस्पर्धा गरिरहेका छन् । सहरी ट्राफिक जामको समस्यालाई समाधान गर्ने र यातायातमा नयाँ युगको सुरुवात गर्ने लक्ष्यका साथ अमेरिका, चीन, दुबई, दक्षिण कोरिया र युरोपेली देशहरू (फ्रान्स, जर्मनी, बेलायत) ले उड्ने कार तथा विद्युतीय उड्ने कार प्रविधिको विकासमा उल्लेखनीय प्रगति गरिसकेका छन् ।

संयुक्त राज्य अमेरिकामा जबी एभिएसन, विस्क एइरो, तेराफुजिया जस्ता स्टार्टअप कम्पनीहरूले उड्ने कारको विकास र परीक्षण गरिरहेका छन् । उबरले ’एयर ट्याक्सी’ को अवधारणा ल्याए पनि सफल भइसकेको छ ।

जर्मनीको भोलोकोप्टर कम्पनीले सफल परीक्षण उडानहरू गरिसकेको छ भने स्लोभाकियाको क्लियन भिजन कम्पनीले बनाएको छ । एयर कारले सडकमा गुड्ने कारबाट केही मिनेटमै विमानमा परिणत भएर सफल उडान भरेको थियो तर यो व्यावसायिक भइसकेको छैन ।

एसियाली मुलुक जापानको स्काइड्राइभले सन् २०२० मा नै आफ्नो उड्ने कारको सफल परीक्षण उडान सम्पन्न गरिसकेको छ । जापान सरकारले सन् २०३० सम्ममा यसलाई व्यावसायिक रूपमा सञ्चालनमा ल्याउने महत्वाकांक्षी योजना बनाएको छ ।

त्यसैगरी चीनले पनि यस क्षेत्रमा ठुलो लगानी गरेको छ । चिनियाँ कम्पनी इहाङले स्वचालित उड्ने ट्याक्सीको परीक्षण सफल गरेको छ । दुबईले इहाङ र भोलोकप्टर जस्ता कम्पनीहरूसँग मिलेर आफ्नो सहरमा परीक्षण गरिसकेको छ ।

त्यहाँ सरकारी अनुमति, परीक्षण उडान र पूर्वाधार निर्माण सुरु भइसकेको छ । तर नेपालले पहिलोपटक उड्ने कारको प्रदर्शनीमार्फत क्षेत्रीय अग्रता देखाएको छ ।

भारतमा केही निजी कम्पनीहरूले यस्ता प्रोटोटाइप विकास गरिरहेका छन्, तर परीक्षण अनुमति पाएका छैनन् । बङ्गलादेश, पाकिस्तान र श्रीलङ्कामा भने कुनै ठोस नीति वा लगानी सार्वजनिक भएको छैन ।

उडाउन पाइँदैन, प्रदर्शनी गर्न मात्रै पाइन्छ : विभाग

अहिले नेपालमा उड्ने कारको प्रयोग गर्न अनुमति दिनेगरी कानुनी व्यवस्था छैन । विश्वमा समेत व्यावसायिक प्रयोगमा आइनसकेका कारण नेपालमा प्रदर्शनीमा राखे पनि यसको व्यावसायिक प्रयोग कहिले हुने यकिन छैन । तर भविष्यमा उडान गर्न सक्ने सपना देखाएको छ ।

तर नेपालको सवारी नियमन गर्ने यातायात व्यवस्था विभागले यस्ता सवारीका लागि कुनै पनि कानुनी व्यवस्था नभएको जनाएको छ ।

यातायात व्यवस्था विभागका प्रवक्ता गणेशमान सिंह नेपालको यातायात व्यवस्था ऐनले सडकमा गुड्ने सवारीलाई मात्र चिन्ने र उड्ने कारको परिकल्पना नै नगरेको बताउँछन् ।

उड्ने र गुड्ने दुवैखाले सवारीसाधनको परिकल्पना चित्रकार लियोनार्दो दा भिन्चीले गरिसकेका थिए । उनले आफ्नो चित्रमा उड्ने र गुड्ने साधनको कल्पना गरेका थिए, जहाँबाट उड्ने कारको व्युत्पत्ति भयो ।
‘हाम्रो यातायात ऐनले उड्ने कारका लागि कुनै नीति–नियम बनाएको छैन । नेपालको कानुनले सडकमा गुड्नेलाई मात्र सवारी मानेको छ । त्यो बाहेकको परिकल्पना नै गरिएको छैन,’ उनले भने ।

उनले उड्ने कार ल्याउने विषयमा विभागलाई कुनै पनि आधिकारिक जानकारी नभएको भन्दै प्रदर्शनीका लागि मात्रै ल्याएको बुझिएको बताए ।

‘यो कार बिक्रीका लागि होइन, प्रदर्शनीको लागि मात्रै राखिएको हो । नेपालमा मात्रै होइन । विश्वका कुनै पनि देशमा व्यवसायिक उडान भएको छैन,’ सिंहले भने, ‘कुनै नियम कानुन नै बनेको छैन । अझै अनुसन्धान र विकासकै चरणमा छ ।’

उड्ने कारको इतिहास

उड्ने र गुड्ने दुवैखाले सवारीसाधनको परिकल्पना चित्रकार लियोनार्दो दा भिन्चीले गरिसकेका थिए । उनले आफ्नो चित्रमा उड्ने र गुड्ने साधनको कल्पना गरेका थिए, जहाँबाट उड्ने कारको व्युत्पत्ति भयो ।

१५ औं शताब्दीमा दा भिन्चीले ‘एरियल स्क्रु’को चित्र कोरे । यो उनको चित्रपछि फ्लाइङ कार निर्माणको आधार बन्न पुग्यो । यही चित्रका आधारमा पछि १९ औं शताब्दीतिरका आख्यानहरूमा उड्ने कारको विषयमा लेखिन थालेको थियो ।

सन् १९१७ मा ग्लेन कार्टिसले आफ्नो ‘एल्युमिनियम अटोप्लेन’ डिजाइन गरेका थिए । जसमा ४० फिट (१२.२ मिटर) सम्म फैलिएको तीन पखेँटा थियो । यो कार कहिल्यै उड्न सकेन । सन् १९१७ मा वाल्डो वाटरम्यानले ‘एरोवेल’ नामको हाइब्रिड स्टुडबेकर विमान बनाए । त्यसपछि सन् १९४६ मा रोबर्ट फुल्टन जुनियरले ‘एयरफिबियन’को विकास गरे ।

पछि सन् १९४० को दशकमा कन्सोलिडेटेड मल्टि एयरक्राफ्टले छुट्याउन मिल्ने हवाईजहाज युनिट भएको दुई ढोका भएको ‘कन्भेयरकार’ आविष्कार भएको थियो । यसले सन् १९४६ मा उडानको सुरुवात गरेको थियो । सन् २०११ मा मार्कस लेङ नामका क्यानेडियन आविष्कारकले ‘ब्ल्याकफ्लाई’ नामक उड्ने कार बनाएका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

बिशाल खबर