‘मेरी बास्सै’की कलाकार लक्ष्मी श्रेष्ठ (अप्सरा आमा)को को अन्त्येष्टि गरिएको छ ।
आज बिहान पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको हो । अन्त्येष्टिअघि उनको पार्थिव शरीरमा नेपालको झन्डा ओढाइएको छ ।
क्यान्सर पीडित अप्सरा आमा)को शुक्रबार राति निधन भएको थियो । अन्त्येष्टिमा चलचित्र विकास बोर्डका अध्यक्ष डिनेश डिसी, कलाकार रामचन्द्र अधिकारी, दिपकराज गिरी, दिपकप्रसाद आचार्य, सुशीला निरौला (विमली), गायिका राधिका हमाललगायत कलाकारको उपस्थिति रहेको थियो ।
अप्सरा आमाले २०५२ सालमा ‘ट्वाक्क टुक्क’सँगै हिजो आजका कुरु सिरियलबाट कलाकारिता यात्रा सुरु गरेकी थिइन् । काम गर्दै जाँदा मेरिबास्सैमा सिताराम कट्टेल (धुर्मुस्)कै खड्का जि क्यारेक्टरको श्रीमती अप्सरा बनेपछि चर्चामा आएकी थिइन् ।
उनी पछिल्लो केही वर्षयता क्यान्सर रोगबाट पीडित थिइन् भने पछिल्लो ३५ दिनदेखि ओछ्यानमै थलिएकी थिइन् ।
लोकप्रिय हास्य टेलिश्रृंखला ‘मेरी बास्सै’ मार्फत ‘अप्सरा आमा’ को भूमिकाबाट चर्चा कमाएकी वरिष्ठ कलाकार लक्ष्मी श्रेष्ठको निधन भएको छ।
केही महिनादेखि बिरामी परेकी लक्ष्मीको शुक्रबार राति आफ्नै निवासमा निधन भएको कलाकार सुशीला निरौलाले जानकारी दिएकि थिन ।
हास्यकलाकार सीताराम कट्टेलद्वारा निभाइएको ‘खड्काजी’को पत्नीको रूपमा ‘अप्सरा आमा’ को छुच्चे र घमण्डी तर हँसिलो पात्र प्रस्तुत गरेकी थिइन्। खड्काजी र अप्सरा आमाको जोडीलाई दर्शकहरूले अत्यधिक मन पराएका थिए।
स्तन क्यान्सर लगायत अन्य स्वास्थ्य समस्याबाट पीडित लक्ष्मी केही सातादेखि शारीरिक रूपमा अशक्त भएकी थिइन्। दसैंपछि स्वास्थ्य झन् कमजोर भएपछि चार महिनाअघि उनलाई भक्तपुर क्यान्सर अस्पताल भर्ना गरिएको थियो। अस्पतालले उपचार असम्भव भएको भन्दै करिब एक महिनाअघि घर फर्काएको थियो।
कलात्मक यात्रामा उनले ‘जिरे खुर्सानी’, ‘कान्छी’, ‘उल्टो सुल्टो’ जस्ता चर्चित सिरियलहरूसहित थुप्रै चलचित्र, संगीत भिडियोहरूमा अभिनय गरेकी थिइन्। उनी निर्देशक शिवहरि पौड्यालद्वारा निर्देशित फिल्म ‘लक्का जवान’ मा पनि देखा परेकी थिइन्।
लक्ष्मी श्रेष्ठको अन्त्येष्टि शनिबार बिहान पशुपति आर्यघाटमा गरिएको छ। नेपाली कला क्षेत्रमा उनले पुर्याएको योगदान अमूल्य रहेने छ, उनको निधनले नेपाली रंगमञ्चले एक समर्पित कलाकार गुमाएको छ।
प्रतिक्रिया